काठमाडौं । एमालेको दशौं महाधिवेशनका लागि उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका हुन् ।
भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ ।
उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ । ‘विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ । सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले भने ।
प्रतिकृया लेख्नुहोस्: