Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन, यस्तो छ अन्य मन्त्रिपरिषद्को निर्णय

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञानेन्द्रकहादुर कार्कीले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । 

उनका अनुसार बैठकले नेपाल चार्टड एकाउन्टेन्स् संस्थाको पार्षद्मा नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सहमहालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले विद्यतुतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी मोरक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार एशियन–अफ्रिकन लिगल कन्सल्टटेटिभ अर्गनाइजेसन ९एएएलसिओ० को ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाल बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ । यसैगरी दक्षिण कोरियामा हुने यूएन पिसकिपिङ मिनिस्टेरियल मिटिङमा भाग लिन रक्षामन्त्री डा मीनेन्द्र रिजालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले पशु कल्याण विधेयक र सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गर्नुको साथै पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति पनि गठन गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहमा डा श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका पदहरूमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पत्रकारको प्रश्नका जवाफमा मन्त्री कार्कीले स्थानीय तहमार्फत जनताका घरदैलोमा सिंहदरवारको अधिकार पु¥याउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै समयमै स्थानीय निर्वाचन गराई लोकतान्त्रिक संस्थालाई प्रभावकारी बनाउन सरकार दृढसङ्कल्पित रहेको बताए । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन्। निर्वाचन ...

कैलाली–१ मा रास्वपाको अग्रता

टीकापुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्व...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले अग्रता बढाउँदै

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...

दाङ–२ मा रास्वपाका विपिन आचार्यले २ हजार ४२४ मत ल्याउदा शंकर पोखरेलले ल्याए ५ सय ८३ मत

घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएको छन् । ...

सर्लाही-२ मा रास्वपाको अग्रता, राजेन्द्र महतो र महेन्द्र राय पछाडि

सर्लाही। सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएको छन् । प्रारम्भिक मतपरिणाम अनुसार रास्...

सर्लाही–४ मा गगनभन्दा अमरेश अगाडि

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अग्रस्थानमा छन्। उनका न...

दोलखामा दिउँसो ३ बजेबाट मतगणना

दोलखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ ।  बिहान ११ बजे बसेको सर्वदल...

रास्वपाको जनलहरलाई बाबुराम भट्टराईले भने – सुशासन र समृद्धिको शान्त विद्रोह

काठमाडौं । बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताले देखाएको शान्त व...

दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि

दाङ। प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ । सुरुवाती चरणदेखि अग्रता क...

मोरङका ५ क्षेत्रमा रास्वपाको अग्रता, ३ मा श्रम संस्कृति पार्टी अगाडि

विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE