Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

एमाले महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान, त्यहीदिन मतपरिणाम

खबरडबली संवाददाता

काठमाडौँ ।  नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । 

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छौं, उनले भने, “बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ ।”

आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने बताए। उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए । 

 ‘राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । “मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छौं”, उनले भने, “मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ ।” निर्वाचन लागि ९० उपकरणको प्रयोग गर्ने छ ।  महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ । 

आयोगका अध्यक्ष डा सुब्बाले महाधिवेशनस्थलमा  तीन उपकरणबाट नमूना मतदान गराइने बताए । राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामा नै मतपरिणाम घोषणा गर्ने जानकारी दिए । “हामीले चितवनमा मतदानस्थल पनि हेरेर आइसकेका छौँ”, उनले भने, “ १२ गते बिहान ८ बजेदेखि मतदान सुरु भएर साँझ ६ बजेसम्म सक्ने हाम्रो तयारी रहेको छ । अनि मतदान सकेको चार घण्टामा नै हामीले मतपरिमाण घोषणा गर्दछौँ ।”

उहाँले महाधिवेनमा सहभागी हुने सबै प्रतिनिधिलाई एक पटक विद्युतीय उपकरणमा नमूना मतदान गराइने बताउनुभयो । “महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौँ”, उनले भने, “महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछौं ।”

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५÷१५ गरी कूल २५५ पदका लागि  निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।  निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती उपकरणमा रहने छन् । “जम्मा ४८ पदका लागि करिब ५००  उम्मेदवार हुने हाम्रो अनुमान रहेको छ”, निर्देशक रिमालले भने “सोहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जना प्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।” 

निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको जानकारी दिए ।  एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुन...

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने मागमा सभामुखको समर्थन, छिट्टै आउने विश्वास

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending