डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । बाढी(पहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताए
सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई रु दुई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख हस्तान्तरण गरिएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ । यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ ।
जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । अहिलेसम्म कम्तीमा रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १३:१९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्...
फाल्गुन १४ गते, २०८२ - १३:०२
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...
फाल्गुन १४ गते, २०८२ - १२:४४
काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...
फाल्गुन १४ गते, २०८२ - १२:२७
काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...
फाल्गुन १४ गते, २०८२ - १२:२१
इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्...
फाल्गुन १४ गते, २०८२ - १२:०९
मध्यविन्दु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ । जिल...
फाल्गुन १४ गते, २०८२ - ११:५५
गुल्मी। मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार ...
फाल्गुन १४ गते, २०८२ - ११:४६
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...
फाल्गुन १४ गते, २०८२ - ११:४६
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...
फाल्गुन १४ गते, २०८२ - ११:३९
काठमाडौँ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले ...



प्रतिकृया लेख्नुहोस्: