Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : ओली

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए ।

‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ । कहिले पोखरा, कहिले धरान धनकुटा, कहिले बागलुङ, कहिले कहाँ ? हातमा टोपी लिएर कुदेका छन् । देश बनाउन होइन, एमाले बिगार्न कुद्या छन्,’ उनले भने, ‘राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन । राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु को लागेको छ भने माधव नेपाल ।’

माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने ओलीको भनाइ थियो । ‘एमाले सिध्याउन कुदेका छन् । किन सिध्याउने भन्दा यो साढे तीन वर्ष अचम्मै गर्‍यो । कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ । अस्पताल बनेको छ । एमालेले सिध्याउने भो भनेर भत्भत् पोल्यो । हाम्रो विकास देखेर हाम्रा विरोधीहरु आत्तिए । एमाले विरोधी भनेको देशविरोधी हो,’ उनले भने ।    

ओलीले कांग्रेसको पनि आलोचना गरे । सहकर्मी पार्टीलाई छोडेर दक्षिणपन्थी, प्रतिक्रियावादी र भडुवालाई बोक्ने कांग्रेसको पहिलेकै परम्परा भन्दै ओलीले अहिले पनि देश भडुवा, देश बिगार्वाहरुलाई कांग्रेसले बोकेकोमा आक्रोश पोखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार पर...

कतारी राजा थानी काठमाडौं उत्रिए

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थान...

जनकपुरको होटेलमा मृत भेटिए महिला र पुरूष

जनकपुर  । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । महोत्तरीको पिपरा गाउँपालिका ३ का ...

प्रजनन केन्द्रले पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकली कतारलाई उपहार दिने

चितवन । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात...

हेटौँडामा बन्याे ५२ फिट अग्लो हनुमान मूर्ति

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक...

मोटरसाइकलमा आएर त्रिशूली पुलबाट सँगै हामफाले एक जोडी

महिलाको सकुशल उद्धार हुँदा पुरुष बेपत्ता

१४८ वटा आयोजना लगानी सम्मेलनमको शोकेसमा राख्न स्वीकृति

काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।  मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको ब...

इलाम पुगेर रविले पुनःभने -'काम गर्न नपाए छोड्छौँ, राजीनामा झोलामा बोकेर हिँडेका छौँ'

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनःराजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ भनेका छन् । ...

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

जनकपुर। धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार ...

आकाशमै दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies