Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

‘न खेतका धानमा दाना लाग्ने भो, नत बारीको कोदो नै रह्यो’

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।

वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’’ उनले भने ‘‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रह्यो ।’’ 

जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले सङ्कलन गरिरहेको छ । धान पछिको मुख्य खाद्यान्न बालीका रुपमा रहेको कोदोबालीमा भएको क्षतिले किसान चिन्तित छन् । यसबर्ष धेरै बर्षा भएकाले कोदो पाक्न समय लागेको थियो । ‘‘दाना लागिसक्नुपर्ने बेलामा फुल खेल्दै थियो, अब बर्षा रोकियो छिट्टै छिपिन्छ भन्नेबेला गह्राभरी बनायो’’ उनले भने ‘‘अलि तल बेसीमा लगाएको कोदो पाक्ने बेला भएकाले झरेको छ ।’’ 

ज्ञान केन्द्रका अनुसार जिल्लाभर एक हजार ८ सय हेक्टर जमिनमा कोदोबाली लगाइएको छ । स्थानीय जातका तुलनामा विकसित जातका कोदोमा धेरै क्षति धेरै भएको छ । ‘‘विवरण सङ्कलनको काम भैरहेको छ, अहिलेसम्म लगाइएकोमध्ये २० प्रतिशत कोदोबाली क्षति भएको विवरण तयार भएको छ’’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो ‘‘भित्र्याउनका लागि काटिसकेको कोदोमा भएको क्षतिको मात्रै विवरण लिइएको छ, बारीमा ठाडो रहेको कोदोमा के कति क्षति भयो भन्न सकिँदैन् ।’’ 

जिल्लाभर १ सय ३ हेक्टर जमिनको कादोबाली नष्ट हुँदा लाखौंको क्षति किसानले व्यहोर्नु परेको बताइएको छ । अन्य बालीका तुलनामा राहका लागि कोदोबाली कम प्राथमिकतामा पर्ने गरेको किसान चन्द्रमा शर्माले जानकारीदिनुभयो । ‘‘टनेलको गोलभेँडा कुहिँदा सबैको नजर पर्छ, खेतको धान ढलेको सबैले देख्छन् ।  बारीको कोदोको कसैलाई वास्ता हुँदैन्’’ उनले भने ‘‘कोदोकै भरमा वर्षभरीको खर्च चलाउने किसान धेरै छौं, हाम्रो बिल्लीबाठ हुन्छ ।’’ खेत प्रार्याप्त नभएका पानी कम लाग्ने टारीमा कोदो खेती गर्ने चलन छ । 

जिल्लामा ५ हजार ८ सय हेक्टर जमिनमा लगाइएको धानमध्ये एक सयदेखि दुइसय हेक्टरको हाराहारीमा धानबाली नष्ट भएको छ । साठी प्रतिशत खेतमा लगाइएको धान ढलेको केन्द्रको तथ्याङ्क छ । ‘‘धान ढलेको छ, नपुष्टिन सक्छ, उत्पादन घट्ने निश्चित छ’’ उनले भने ‘‘अब वर्षा भएन भने अन्यत्र जस्तो क्षति व्यहोर्नु पर्दैन् ।’’ जिल्लाका बरेङ, जैमिनी, ताराखोला र ढोरपाटनमा कोदोखेती बढी हुन्छ भने गलकोट, जैमिनी, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा धानखेती धेरै हुने गरेको जनाइएको छ । नहर तथा सिंचाइको सुविधा भएका फाँटमा भन्दा बर्षाको पानीका भरमा खेती हुने फाँटहरुमा लगाइएको धानमा बढी क्षति भएको छ ।

बेमौसमी वर्षाले पु¥याएको क्षतिका तथ्यांक सङ्कलन गरेर राहताका कार्यक्रमको तयारी गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि आज सरोकारवालको बैठक बस्दै छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर क्षति र राहतका बिषयमा छलफल गर्ने केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल

धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...

माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...

असार लागेसँगै धमाधम अनुगमन

हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending