काठमाडौं । देशभरिका बालबालिकालाई आज कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।
छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।
२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल ९जुका०को औषधि खुुवाइने छ । पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ । जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन् ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उहाँले बताउनुभयो ।
मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: