Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दसैंमा ख्याल गर्नुस् : क्यान्सरको कारण बन्न सक्छ पोलेको, भुटेको र अधिक बोसो भएको मासु

खबरडबली संवाददाता

चितवन । दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । यसले मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरुले बताएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउँछन् । मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उनको भनाइ छ । 

उनले भने, “खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ । बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ ।” राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने खतिवडाको भनाइ छ ।
 
बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उनले बताए । खतिवडाले भने, “पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ ।” बोसोरहित मासु कम खान उनको सुझाव छ ।
 
खानपिनमा ध्यान नदिँदा धेरै मानिस दसैँका समयमा अस्पतालमा पुग्ने गरेको भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारी बताउँछन् । खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उहाँले जानकारी दिए । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा अधिकारीले भने, “बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ ।”
 
नेपालीले चाडपर्वका अवसरमा दसैँमा प्रोटिनयुक्त र तिहारमा काबहाइड्रेडयुक्त खानाका साथै चिल्लो र चिसो पेयपदार्थ अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ । उनले चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै भन्नुभयो, “नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुने गरेको छ ।” 

कोरोना सङ्क्रमण केही न्यून भएको अवस्थामा मानिसको बढी हिँडडुलले सरुवा रोगको प्रकोप वृद्धि हुने अधिकारीले बताए । उनले भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र समय समयमा हात धुन सुझाव दिए । उनले भने, “टाढाटाढाबाट जम्मा भएका परिवारबीच पनि दूरी कायम गर्नुपर्छ ।”
 
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका चिकित्सक डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउनुभयो । उहाँले दसैँमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै भने, “बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने गर्नुपर्छ ।”
     
बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम रहेको साहको भनाइ छ । धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउन सघाउने उनको भनाइ छ । मानिसले प्रतिदिन ७० ग्रामभन्दा बढी मासु खान नहुने भन्दै उनले मासुको अत्यधिक सेवनले आन्द्राको क्यान्सर हुने सम्भावना बढाउने बताए ।
 
मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको जोखिम बढी भएको उनले बताए । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान साहको सुझाव छ ।
 
चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शङ्कर लौडारी रातो मासुको अत्यधिक प्रयोगले संवेदनशील अङ्ग मुटुमा असर पार्ने जोखिम उच्च हुने बताउँछन् । उनले भने, “यसले उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।” उनले एक छाकमा तीन, चार टुक्रा मात्रै मासु प्रयोग गर्न सल्लाह दिए । उनले भने, “सकेसम्म सेतो मासु खानुपर्छ । यसले स्वास्थ्यका लागि फाइदा गर्छ ।” खानको साथमा बजारमा पाइने पेयपदार्थको सेवन नगर्न सल्लाह दिँदै उहाँले पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न आग्रह गरे ।
 
मासुको धेरै प्रयोगले मुटुमा अतिरिक्त बोसो जम्मा हुँदा मुटुको रक्तनलीमा समस्या हुने जनाउँदै उनले यसले अन्य रोगलाई पनि बढावा दिने बताए । उनले भने, “ मासु पकाउँदा तेल र मसलाको प्रयोग कम गर्नुपर्नुपर्छ ।  खसीको मासुमा कोलेस्ट्रोल बढी हुने भएकाले सकेसम्म मासु उमालेर खानुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending