Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कांग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ ।

उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली कांग्रेका सहमहामन्त्री डा प्रकाशशरण महतले राससलाई जानकारी दिए ।

त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा महतले दिए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको रष्ट्रियता बलियो हुनुपर्छ र मात्र यसमा भारतको हित छ भनेको डा महतले जानकारी दिए ।

त्यस भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी पनि दिएको डा महतले बताए ।

भारतीय जनतापार्टीको निमन्त्रणामा तीनदिनअघि भारत गएको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छनु। आजको भेटमा भारतीय जनतापार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले अग्रता बढाउँदै

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...

दाङ–२ मा रास्वपाका विपिन आचार्यले २ हजार ४२४ मत ल्याउदा शंकर पोखरेलले ल्याए ५ सय ८३ मत

घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएको छन् । ...

सर्लाही-२ मा रास्वपाको अग्रता, राजेन्द्र महतो र महेन्द्र राय पछाडि

सर्लाही। सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएको छन् । प्रारम्भिक मतपरिणाम अनुसार रास्...

सर्लाही–४ मा गगनभन्दा अमरेश अगाडि

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अग्रस्थानमा छन्। उनका न...

दोलखामा दिउँसो ३ बजेबाट मतगणना

दोलखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ ।  बिहान ११ बजे बसेको सर्वदल...

रास्वपाको जनलहरलाई बाबुराम भट्टराईले भने – सुशासन र समृद्धिको शान्त विद्रोह

काठमाडौं । बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताले देखाएको शान्त व...

दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि

दाङ। प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ । सुरुवाती चरणदेखि अग्रता क...

मोरङका ५ क्षेत्रमा रास्वपाको अग्रता, ३ मा श्रम संस्कृति पार्टी अगाडि

विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्र...

चितवन-२ मा रवि लामिछाने ५ हजार बढि मतले अगाडि

चितवन। चितवन-२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मत गणनाको क्रममा ठूलो अग्रता लिएका छन्। १६,२८३ मत गणना ...

नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोल्यो, योगेश गौचन विजयी

पोखरा । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। कांग्रेसका योगेश गौचन ले एमालेका इन्द्र धारा विष्ट लाई हराउँदै विजयी भएका...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE