Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हैदराबादको बैंग्लुरुमाथि ४ रनको रोमाञ्चक जीत

खबरडबली संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ४ रनको रोमाञ्चक जीत हासिल गरेको छ । हैदराबादले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुले ६ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो ।  

खेलमा फेबरेट मानिएको बैंग्लुरुलाई जीतका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । ब्याटिङमा सबैको नजर एबी डिविलियर्समाथि थियो । तर, भुवनेश्वर कुमारले अन्तिम ओभरमा शानदार बलिङ गर्दै ८ रन मात्र खर्चिँदै रोमाञ्चक जीत दिलाए । बैंग्लुरुका लागि देवदत्त पडिक्कलले सर्वाधिक ४१ रन बनाए भने फर्ममा रहेका ग्लेन म्याक्सवेल रनआउट हुनअघि २५ बलमा ४० बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । हैदराबादका लागि जेसन रोयले सर्वाधिक ४४ रनको योगदान दिए भने कप्तान केन विलियमसनले ३१ रन बनाए । बैंग्लुरुका लागि हर्षल पटेलले ३ विकेट लिए ।

हारसँगै शीर्ष २ मा रहने बैंग्लुरुको सपना चकनाचुर भएको छ । १३ खेलपछि बैंग्लुरु १६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । २० अङ्कसहित दिल्ली शीर्ष स्थानमा रहेको छ भने १८ अङ्क बटुलेको चेन्नई दोस्रो स्थानमा रहेको छ ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ- ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन् ।  ...

प्रिमियम लिगका दुइ खेलाडी माथी बलात्कारको आरोप

म्याड्रिड। प्रिमियर लिगका खेलाडीहरु फेरी एक पटक बलात्कारको मुद्दामा फसेका छन् ।  दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रं...

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छः अशोक राई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ...

गुणस्तर परिक्षणको नाउँमा नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

काठमाडौँ । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्...

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाउने

महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ । नगर क्षेत्र...

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन पर...

जादाजादै कतारका राजाले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् । अमिर थानीले...

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण के...

कति उपलब्धिमुलक रह्यो कतारी राजाको नेपाल भ्रमण ?

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेको छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा ...

अर्काे महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies