चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका छात्रछात्रालाई छनोट गरी छात्रवृत्तिको सिफारिस गरेको हो ।
नेपाल सरकारको साविक शिक्षा ऐन र महानगरको शिक्षा ऐन एवं कार्यविधिमा संस्थागत विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने उल्लेख छ । हालसम्म ऐनका भएर पनि कार्यान्वयन हुनसकेको थिएन । संस्थागत विद्यालयमा पहुँचको भरमा केहीलाई छात्रवृत्ति दिइँदै आएको थियो । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार देशभरका पालिकामा पहिलोपटक महानगरले छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार सार्वजनिक सूचना जारी गरेर विद्यार्थीको छनोट गरी सिफारिस गरेको हो ।
महानगरपालिकाका कक्षा ११ सञ्चालन भएका २८ संस्थागत विद्यालयमा चार हजार ७४७ विद्यार्थी भर्ना भएका छन् । ती विद्यार्थी सङ्ख्याको पाँच प्रतिशत महानगरले छात्रवृत्ति सिफारिस गरेको हो भने बाँकी पाँच प्रतिशत विद्यालयले छात्रवृत्ति दिनेछन् । छात्रवृत्ति पाएकाले भर्ना शुल्क र मासिक शुल्क भुक्तान गर्नु पर्दैन । पौडेलले भने “छात्रवृत्ति पाएकाको भर्ना र मासिक शुल्क बुझाइएको भए फिर्ता पाइने छ ।” महानगरभित्रका चार दैनिक पत्रिका र छवटा रेडियोमा सार्वजनिक सूचना जारी गरेर छात्रवृत्तिको आह्वान गरिएको थियो । यसमा २९६ जनाको आवेदन परेको थियो ।
महानगर प्रमुख रेनु दाहालका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर छात्रवृत्ति सिफारिस गरिएको हो । त्यसमा जेहेन्दार, गरिब तथा विपन्न, आदिवासी जनजाति, दलित, अपाङ्ग, जनआन्दोलन घाइतेका सन्तति, सहिद परिवार, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिलाई छात्रवृत्ति सिफारिस गरिएको दाहालले बताइन् । उनले भनिन्, “सुरुमा निजी शिक्षण संस्थाका सञ्चालक सकारात्मक नभए पनि पछि उनीहरु यसमा सकारात्मक भएका छन् ।”
महानगरपालिकाले उपलब्ध गराएको सङ्ख्या बराबर विद्यालयले समेत छात्रवृत्ति दिने हुँदा लक्षित वर्ग लाभान्वित भएको उनको भनाइ छ । हालसम्म कुनै पनि पालिकामा लागू गर्न नसकिएकामा महानगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरेको उनले बताए । यसले विद्यार्थी लाभान्वितसँगै नयाँ पद्दतिको थालनी सुरु गरिएको उनले जानकारी दिए ।
एसइईको प्राप्ताङ्क जिपिएका आधारमा विद्यार्थी छनोट गरिएको हो । महानगरपालिकाभित्र सरकारी तहमा कक्षा ११ पढाइ हुने विद्यालय ५१ रहेका छन् । ती विद्यालयले पनि छात्रवृत्ति दिँदै आएका छन् । कक्षा ११ मा निजी विद्यालयले वार्षिकरूपमा एक विद्यार्थीसँग रु एक लाख हाराहारी शुल्क लिँदै आएका छन् । सो शुल्कमध्ये भर्ना र मासिक शुल्क छात्रवृत्ति पाएकाले तिर्नु नपर्ने भएको हो । कक्षा ११ मा छात्रवृत्ति पाएकाले १२ मा पनि स्वतः पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: