Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

खोटाङको १८ स्थानमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

रासस

खोटाङ । जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो । 

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए । “नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो”, उनले भने, “जडान गरिएकामध्ये पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको छ । निर्माणाधीन दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफान टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताए । “टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याई सकिएको छ”, उनले भने, “अहिले जिल्लाका ग्रामिण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन । दसरतिहारलगत्तै बाँकी दशवटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौँ ।”
 
नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको जनाइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिए । 

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रशारण लाइनको विद्युत्का साथै सोलार प्यानेल जडान गरिएको टेलिकमले जनाएको छ । जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा फोरजीसहितको नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि जिल्लामा रिचार्ज कार्डमात्रै रु दुई करोड बढीको खपत हुने गरेको कार्यालय प्रमुख मगरले जानकारी दिए । 

टेलिकमले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका साथै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, एेंसेलुखर्क र खोटाङबजारमा ल्याण्डलाइन टेलिफोन विस्तार गरेको छ । जिल्लाका विभिन्न ठाउँमागरी करिब ६०० उपभोक्ताले टेलिकमको एडिएसएल सेवा लिएको जनाइएको छ । 

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय दिक्तेल बजारमा फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ । दसैँ÷तिहारलगत्तै सेवाग्राहीलाई फाइबर सेवा वितरण गर्ने लक्ष्य लिएको टेलिकमले दिक्तेल बजारमा तार टाँग्ने काम सम्पन्न गरिसकेको छ । 

दिक्तेल बजारमा फाइबर सेवा सुरु भएपछि इन्टरनेटमा कुनै समस्या नआउने कार्यालय प्रमुख मगरले बताउनुभयो । “जिल्लामा विस्तार गरिएका एडिएसएल सेवामा समेत बेलाबखत समस्या देखिने गरेको छ”, उहाँले भन्नुभयो,नले भने “फाइबारमार्फत वितरण गरिने इन्टरनेट छिटो चल्नुका साथै अवरुद्ध हुने सम्भावना कम हुन्छ ।”

बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्वाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।

सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस ९बिना कागजात० इन्टरनेटमार्फत कामसमेत सुरु गरेको छ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम ९प्रविधि० नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् । कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने, कतिपयले मासिकरुपमा भुक्तानी लिने गरेका छन् । इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको चुनावी अपिल सार्वजनिक: ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौँ’

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी...

कांग्रेस–एमालेसँगको सहकार्य केवल भदौ २३ गते अघिको मात्रै : प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...

कांग्रेस–एमालेसँगको सहकार्य केवल भदौ २३ गते अघिको मात्रै हो : प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...

जेनजी जाँचबुझ आयोगको समय चुनावपछि सार्नु गलत: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन आयोगले समयमै प्रतिवे...

हामी आफ्नै शक्ति र खुट्टामा उभिएर निर्वाचनमा जानेछौं: प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कतै पनि समीकरण वा तालमेल नहुने स्पष्ट पारेका छन्। नेकपाद्वारा ...

सोलुखुम्बुमा त्रिपक्षीय प्रतिस्पर्धा : बलियो दाबेदार मानिएका असिम राईलाई कतिको चुनौती ?

सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्...

‘जेनजी आन्दोलन’बारे एमालेको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’बारे नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। कर्णाली प्...

बागलुङ २ मा गढ जोगाउने र भत्काउने दाउमा दल

बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच र...

रसुवामा निर्वाचको तयारी पूरा, ३४८ कर्मचारी खटिने

रसुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्य...

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE