Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारतीय प्रधानमन्त्री मोदीसँग नेता देउवाको भेटघाट, लिपुलेकको बारे कुरै भएन

\"deuba_modi\"१५ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुईपक्षिय हितबाहेक नेपाली चासोको विषय लिपुलेकबारे देउवाले भारतिय प्रधानमन्त्री लगायतका कसैसँगपनि कुरा उठाएका छैनन् । खबरका अनुसार देउवाले नै लिपुलेकबारे आफ्नो चासो नरहेको आफ्ना नजिककाहरुसँग बताउने गरेका छन् । नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न ५ः०० बजे प्रधानमन्त्री मोदी र नेता देउवाबीच शिष्टाचार भेट भएको भेटमा सहभागी पूर्वप्रधानमन्त्री देउवा पत्नी एवम् सभासद् डा आरजु राणा देउवाले राससलाई जानकारी दिइन् । सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पलगत्तै र पुनःनिर्माणमा भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । नेता देउवाले प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणका बारेमा जानकारी गराउदै विकास निर्माणसम्बन्धी ठूला लगानीका पूर्वाधारमा भारतको सहयोगको अपेक्षा गरेका थिए । प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकामा खुसी व्यक्त गर्दै सकेसम्म सबैको सहमतिमा संविधान जारी गर्नुपर्नेमा जोड दिएको थिए । नेपाल संविधान जारी भएपश्चात् छिट्टै शान्ति, स्थिरता र विकासको बाटोमा लम्कने आशा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले आफूहरुसँग भएको अनुभव नेपालको भूकम्पपछिको पुनःनिर्माणमा सघाउने बताउनुभएको सभासद् डा राणाले बताइन् । यसअघि पूर्वप्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा आजै मध्याह्न १ बजे शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । राष्ट्रपति मुखर्जीले विगतमा आफू विदेशमन्त्री भएका बेला सम्झौता भएको बहुउद्देश्यीय पञ्चेश्वर परियोजनाको कार्य हाल अघि बढेकामा खुसी व्यक्त गर्नुभएको सभासद् डा आरजु राणाले बताइन् । नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गरेका थिए । भारत सरकारको निमन्त्रणमा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending