एजेन्सी । मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल म्याड्रिड पुन: स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियल ६–१ को विशाल अन्तरले विजयी बनेको हो ।
आफ्नो घरेलु मैदानमा रियलले खेलको तेस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता लिएको थियो । २४ औँ मिनेटमा असेन्सियोले रियलको अग्रता दोब्बर बनाए । तर लगत्तै लि काङले मायोर्काका लागि एक गोल फर्काए । चार मिनेट पछि असेन्सियोले रियललाई पुन: दुई गोलको अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा नै उनले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । त्यसपछि बेन्जेमा र इस्कोले गोल थप्दै रियलको आधा दर्जन गोल पुरा गरे । बेन्जेमाले यो सिजन ८ गोल गर्नुका साथै ७ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।
मंगलबार गेटाफेलाई हराउँदै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको थियो । आजको जीतपछि रियलले आफ्नो चीर प्रतिद्वन्द्वीलाई उछिनेको छ । ६ खेलपछि रियलको १६ अंक रहेको छ भने एथ्लेटिकोको १४ अंक रहेको छ ।
बुधबार राति भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभियाले चौथो स्थानमा रहेको भ्यालेन्सियालाई ३–१ गोलले हरायो । त्यस्तै, भिल्लेरियालले इल्चेलाई ४–१ ले पराजित गर्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १४:३८
काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...
मंसिर ३० गते, २०८२ - १४:०९
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...
मंसिर ३० गते, २०८२ - १३:४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...
मंसिर ३० गते, २०८२ - १३:२४
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...
मंसिर ३० गते, २०८२ - १३:१४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...
मंसिर ३० गते, २०८२ - १३:०३
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...




प्रतिकृया लेख्नुहोस्: