Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी

खबरडबली संवाददाता

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगररगाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।

सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, दलित मुक्ति समाज, अखिल नेपाल महिला सङ्घलगायत जनवर्गीय सङ्गठन निर्माण गरेको हो । पार्टी र जनवर्गीय सङ्गठनबिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरू पहिलो चरणमा पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनको संरचना निर्माण अभियानमा लागेको सो पार्टीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले बताए ।

कम्युनिष्ट पार्टी विचार, सिद्धान्त, पद्धति र सबैको सहभागितामा निर्माण गरेको सामूहिक कार्ययोजना र कार्यदिशामा चल्ने भए पनि यसअघि एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी चलाउने र एकल ढङ्गले निर्णय गर्दै उल्टो बाटो हिँडेका कारण आफूहरू बाध्य भएर कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागेको अध्यक्ष वाइबाले बताए ।

एकीकृत समाजवादी काभ्रेका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले पार्टीको विधान, नीति, सिद्धान्त र विधिअनुसार चल्नुपर्नेमा एउटा व्यक्तिको अहङ्कार र निर्देशनमा चलाउन खोजेको कारण नयाँ पार्टी स्थापना गरी अघि बढ्न बाध्य भएको बताए  ।

यसअघि भदौ २२ गते एमालेबाट विभाजित भएका समाजवादीका काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमध्ये ५६ जनाले नेकपा ९एस०मा रहेको सनाखत गरेका छन् । काभ्रेपलाञ्चोकको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सो पार्टीमा रहेको जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका थिए । सो पार्टीका जिल्ला अध्यक्ष वाइबाको अध्यक्षतामा भदौ १७ गते जिल्ला कमिटीको बैठक बसेर आफू नेतृत्वको १५१ सदस्यीय नेकपा (एस) जिल्ला समितिको घोषणा गरेर अहिले जिल्लाका नगर/गाउँपालिका हुँदै वडास्तरमा पार्टी तथा जनवर्गीय सङ्गठन विस्तार अभियानमा रहेको बताए। 

जसअनुसार अहिलेसम्ममा मण्डनदेउपुर नपा, भुम्लु, चौँरीदेउराली गाउँपालिकामा पालिकास्तरीय पार्टी कमिटी गठन गरिसकेको र मण्डनदेउपुर नपाका सबैजसो वडा र बेथानचोक गाउँपालिकाको वडा नं ५ मा वडा कमिटी गठन गरिसकेको अध्यक्ष वाइबाले बताए । “हामीले आगामी असोजको १५ गतेभित्रमा सबै स्थानीय तहदेखि वडासम्ममा पार्टी कमिटी गठन गरी पार्टी सम्पर्क कार्यालय खोल्ने योजनामा छौँ”, उनले भने। आफू पूर्व मालेकालदेखि एमाले पार्टीको जिल्ला अध्यक्षसमेत सम्हालिसकेको व्यक्ति भएका कारण लामो राजनीतिक जीवनको इतिहास बनाएकाले सबै नागरिकको घरदैलोमा पुग्दै जनतालाई सुसङ्गठित गराउनका निमित्त प्रतिबद्ध रहेको दाबी गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending