Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

शिक्षा कार्यालयबाटै उत्तरपुस्तिका लुटियो

१५ साउन, काभ्रे । विद्यालयलाई राजनीतिक भर्ती केन्द्र बनाउन खोज्दा जिल्ला शिक्षा कार्यालय धुलिखेल यतिखेर राजनीतिक अखडा गर्ने थलो बनेको छ । आफ्ना कार्यकर्ताहरुलाई शिक्षक नियुक्ति गर्ने प्रयास असफल हुने भएसँगै शिक्षक छनौट समितिले सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका आइतबार लुटिएर च्यतिएको छ । उत्तर पुस्तिका च्यातिएसँगै परीक्षा स्थागित भएको छ । कोशिपारी स्थित धुसेनी सिवालय ४ मा रहेको ग्राम विकास मा.वि.मा शिक्षकहरुका लागि लिइएको परीक्षाको उत्तरपुस्तीका स्थागित भएका हुन् । परीक्षा लिनुअघि विद्यालय व्यवस्थापन समितिले विज्ञ नानीबाबु थापा र अच्युत नेपालाई छनोट गरेपनि परीक्षा सञ्चालनका क्रममा नन्दराम सापकोटा र चन्द्रमणि काफ्लेलाई विज्ञ परिवर्तन गरी राखेपछि असन्तुष्ट पक्षले उत्तरपुस्तिका च्यातेका हुन् । यसै विषयलाई लिएर केही दिन अघिदेखि विवाद बढेको थियो । विद्यालय निरिक्षक प्रकाशचन्द्र ढुंगेलले उत्तरपुस्तिकाको परिक्षण गर्दै गर्दा मोटर साइकलमा आएको २ जना अज्ञात व्यक्तिले उत्तरपुस्तिका कब्जामा लिई च्यातेको बताए । ‘हामी कार्यालय प्रांगणमा बसिरहेका थियौँ उत्तरपुस्तिका च्यातिएको खबर आयो’ उनले भने । शिक्षा कार्यालय स्रोतका अनुसार विद्यालयलाई नेपाल शिक्षक संघले आफ्नो कार्यकर्ताको भर्ती केन्द्र बनाउन आफू निकटका विज्ञहरु राख्न खोजेपछि विवाद सृजना भएको आरोप लगाएको छ । नेपाल शिक्षक संघका अध्यक्ष अश्विनी प्रसाद चौलागाईंले आफूलाई आरोप लगाए पनि यस विषयमा आफ्नो कुनै भूमिका नरहेका र आफूलाई केही थाहा नभएको बताए तर उत्तरपुस्तिका लुटेर च्यातेको कुरा भने आफूले पनि सुनेको उनले बताए । शिक्षा कार्यालय स्रोतका अनुसार शिक्षक संघ जिल्ला अध्यक्ष अश्वनीप्रसाद चौलागार्इंले आफनो नातामा भान्जो पर्ने केशवकुमार गौतम र भाञ्जी बुहारी पर्ने नानुमायाँ चौलागाईंलाई जसरी भएपनि नाम निकाल्ने रणनीति असफल हुने भएसँगै कार्यकर्तालाई उत्तरपुस्तिका च्यात्न लगाएका हुन् । जिल्ला शिक्षा कार्यालय काभ्रेका विज्ञहरु नन्दराम सापकोटा , चन्द्रमणि काफ्ले र विद्यालय निरिक्षक प्रकाशचन्द्र ढुंगेललाई शिक्षक संगठनका अध्यक्ष अश्विनी चौलागाईंले सेटिङ मिलाएर परिक्षा लिने योजना असफल भएसँगै उत्तर पुस्तिका लुटिएको स्रोतको भनाई छ । परीक्षा सञ्चालन हुदै गर्दा उत्तरपुस्तिका लुटिएपछि उक्त विद्यालयको शिक्षक छनौट परीक्षा अन्यौलमा परेको छ । शिक्षक छनोट प्रक्रियामै राजनीतिक पहुँचको आधारमा मनोमानी चलेसँगै शिक्षक संघका नेता तथा कार्यकर्ताहरु भित्रै बोलचालसमेत बन्द हुन थालेको एक शिक्षक संघका जिल्ला सदस्यले नाम नछाप्ने सर्तमा बताए । परीक्षामा ९ जना मध्ये केशवकुमार गौतम, लक्ष्मी लामा, सिता पाठक, नानुमायाँ चौलागाईं र शान्त गौतम परीक्षामा सहभागि रहेका थिए । उत्तर पुस्तिका च्यातिएसँगै परीक्षा स्थगित भएको शिक्षा कार्यलयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending