काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले शतकीय पारी खेलेपछि नेपाल हार व्यहोर्न बाध्य भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा पछ्यायो ।
प्लेयर अफ द म्याच घोषित सिंहले विष्फोटक ब्याटिङ गर्दै १२ चौका र ६ छक्का हिर्काउँदै १०७ रन बनाए । मोहम्मद नदिमले ३८ र सुरज कुमारले २० रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हानेका थिए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । तर, नेपालको मध्य क्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।
त्यस्तै करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए । ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए ।
पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १७:५२
कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...
श्रावण १३ गते, २०८३ - १७:३९
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...
श्रावण १३ गते, २०८३ - १७:३०
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...
श्रावण १३ गते, २०८३ - १७:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...
श्रावण १३ गते, २०८३ - १६:४६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
श्रावण १३ गते, २०८३ - १५:५९
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...
श्रावण १३ गते, २०८३ - १५:५३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...
श्रावण १३ गते, २०८३ - १५:४३
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...
श्रावण १३ गते, २०८३ - १५:२९
काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...
श्रावण १३ गते, २०८३ - १४:५७
काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...



प्रतिकृया लेख्नुहोस्: