काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायतका केही नेता कार्यकर्ता पार्टीबाट अलग हुँदैमा एमालेलाई केही फरक नपर्ने बताइरहँदा नवगठित एकीकृत समाजवादी अध्यक्ष नेपाल भने ओलीलाई लोकतन्त्रविरोधी र प्रतिगमनको मतियार भन्न छाडेका छन् । उनीहरुका गतिविधि हेर्दा आरोप प्रत्यारोपको श्रृंखला लामै समयसम्म चल्ने देखिन्छ ।
नेकपा समाजवादीका अध्यक्ष नेपालले शनिबार नै पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए उता, एमाले अध्यक्ष ओली पनि ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला संघको घोषणा कार्यक्रममा सहभागी भए ।
घोषणा कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालले अर्को पार्टी गठन गर्दैमा एमाले पार्टीको जीवनमा केही फरक नपर्ने बताए । झण्डै २० प्रतिशत सांसद र ५० भन्दा बढी केन्द्रीय सदस्य लिएर अलग पार्टी बनाएका नेपालप्रति इंगित गर्दै उनले पार्टीबाट एक दुई जना जाँदैमा केही फरक नपर्ने भनाइ राखे ।
अझै जोसिएर एक कदम अघि बढ्दै उनले थपे, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’
पार्टी विभाजनको कारक मानिएका ओलीको थप भनाइ थियो, ‘महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खने । पार्टीका केही साथीहरु प्रतिक्रियावादी र विदेशीको चंगुलमा परे ।’
कार्यक्रममा उनले पार्टी विभाजनको कारक नेपाल नै भएको पुष्टि गर्न पनि पर्याप्त समय खर्चिए । आफूले सम्झाउन खोज्दा पनि कुनै वास्ता नगरेको पनि उनले सुनाए । ‘पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।’
कार्यक्रममा उनले आफूविरुद्ध पर्याप्त षडयन्त्र भएको र त्यसको एकमुष्ट जवाफ दिने पनि बताए । उनले एमालेसँग कुनै पनि पार्टीले एक्लाएक्लै प्रतिस्पर्धा गर्नै नसक्ने दाबी दावी समेत गरे ।
विपक्षी पाँच दलीय गठबन्धनप्रति चर्को आक्रोश व्यक्त गरेका ओलीले एमालेसँग एक्लाएक्लै प्रतिष्पर्धा गर्न नसकेर विपक्षीले मोर्चाबन्दी गरेको बताए । ‘एकरएक दर्जनको १० वटा पार्टी मिल्दा १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने रु’ ओलीले भने । राजधानी दैनिकबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: