Ntc summer Offer
Khabar Dabali १९ जेष्ठ २०८१ शनिबार | 1st June, 2024 Sat
NIMB

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।

विभाजन रोक्ने अन्तिम प्रयास असफल भए पनि एकता पक्षधर नेताहरूले एमालेलाई थप क्षति हुनबाट रोक्न असार २७ को सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए। सोमबार बिहान ओलीसहित मध्यमार्गी नेताहरूबीच भएको संवादपछि विवाद सुल्झाउन २०७५ जेठ २ अघिका सबै कमिटी ब्युँताइने भएको हो। 

सुरुमा सबै कमिटी ब्युँताउने र त्यसपछि सबैको जिम्मेवारी बाँडफाँड गरी अघि बढ्ने सहमति भएको छ। त्यसका लागि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ। पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सदस्य रहने गरी कमिटी गठन भएको हो। यो कमिटीले मंगलबारको स्थायी समिति बैठकअघि प्रस्ताव तयार गर्ने भएको छ।

एमाले अध्यक्ष ओलीले पार्टीभित्र कुनै पनि स्थान नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेन दिए पनि दोस्रो पुस्ताका नेताहरू भने पार्टी एकताकै पहलमा लागिरहेका थिए। नेपाल नयाँ दल दर्ता गर्न जाँदा असहमत रहेका नेताहरूले गत बिहीबार सामूहिक छलफल गरेर पार्टी विभाजन गर्न नहुने भन्दै ओलीलाई १० बुँदे कार्यान्वयनको ग्यारेन्टी गर्न र नेपाललाई निर्णय सच्याउन आग्रह गरेका थिए। तर नेपाल दल दर्ताबाट फिर्ता नहुनेगरी केन्द्रीय सदस्यहरूको भेलामा लागेका छन्। उनले दुई दिनसम्म चन्द्रागिरिमा आफू निकट केन्द्रीय सदस्य र सांसदलाई राखेर प्रशिक्षण दिइरहेका छन्। नागरिक दैनिकबाट साभार
 

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भ...

सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । यसअघि पनि टी-२० विश्व...

काठमाडौँको काभ्रेस्थलीमा गाडी दुर्घटनाः २७ वर्षीया युवतीको मृत्यु, पाँचजना घाइते

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतिको मृत्यु भएको छ । पाँचज...

कपिलवस्तु मालपोतका नासु खनालविरुद्ध मुद्धा दायर

काठमाडौँ । कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरी खनालविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा ...

महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताएको छिन् । छैटौँ राष्ट्रिय...

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौँ । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम प...

तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन : अर्थमन्त्री पुन

काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका बताएको छन् । नेपाल आर्थिक पत्रकार सङ्...

खेलकुदमन्त्री श्रेष्ठद्वारा टीयू क्रिकेट मैदानको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् । सो अवसरमा युवा तथा खेलकुद मन्त्री श्रे...

नदीमा जलसतह बढेपछि भारततर्फ विद्युत् निर्यात सुरु

काठमाडौँ । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको ...

सन्दीपलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि बोलायो

काठमाडौँ । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दुताबासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies