Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

शहरी विकास आयोजनाले गर्न लागेको जग्गा विकासका बारेमा जानकारी गराउन स्थानीवासीको माग

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ पूर्वी क्षेत्रीय शहरी विकास आयोजनाले गर्न लागेको जग्गा विकास (ल्याण्ड पुलिङ) का बारेमा पारदर्शीरूपमा जानकारी गराउन स्थानीयवासीले माग गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिका वडा नं १, २ र ३ एवं शङ्खरापुर नगरपालिका वडा नं ९ को करिब २६ हजार रोपनी जग्गा बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी रोक्का राखेकामा स्पष्ट गर्न स्थानीयवासीले माग गरेका हुन् ।

आयोजनाले दुई दिनअघि उल्लेखित वडाको करिब २६ हजार रोपनी जग्गा दुई वर्षका लागि आठ आनाभन्दा कम टुक्रा गर्न नपाउने र कुनै पनि भौतिक संरचाना निर्माण गर्न नपाउने गरी रोक्का गरेको सूचना प्रकाशित गरेको थियो । शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत रहने गरी तीन नगरपालिकाले आयोजना स्थापना गरेकामा स्थानीयवासीलाई पर्याप्त जानकारी नभएको भन्दै स्पष्ट गर्न माग गर्न लागिएको कार्यक्रमको नेतृत्व गर्नुभएका नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिनुभयो ।

स्पष्ट पार्न माग गर्दै आयोजनाका अध्यक्ष कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालाई आइतबार ज्ञापनपत्र बुझाउन लागिएको उहाँले सुनाउनुभयो । सो अवसरमा जग्गा रोक्का गर्नुको कारण, शहर विकास गर्दा जग्गा धनीले कति जग्गा योगदान गर्ने रु, आयोजनाको लागत सुनिश्चितता, आयोजनाको समयसीमा, जग्गा धनीले मेरो जग्गा दिन्छु वा दिन्न भन्न पाउँछ कि पाउदैन रु, आयोजनाबाट जग्गा धनीलाई हुने फाइदा र बेफाइदा के हो रु लगायत यावत विषयमा आइतबार सवालजवाफ गर्ने स्थानीयवासीको तयारी छ ।

राजनीतिक रङ नदिइकन आयोजना क्षेत्रका जग्गाधनीका पीरमर्काका बारेमा पारदर्शीरूपमा छलफल गर्न लागिएकाले जानकारी लिन चाहनेले उपस्थित हुन आह्वानसमेत गरिएको छ । हालसम्म आयोजनाले सडकका लागि ३० प्रतिशत, खुला क्षेत्रका लागि पाँच प्रतिशत र सेवा शुल्कका लागि १० प्रतिशत गरी ४५ प्रतिशत जग्गा स्थानीयवासीसँग योगदानस्वरुप लिने कार्ययोजना बनाएको छ । आयोजनाको परिचय पुस्तिका ९ब्रोसर०मा तीनै नगरपालिकाको आयोजना सञ्चालन हुने वडाका जग्गाधनीले ४५ प्रतिशतसम्म जग्गा योगदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

जनताको करिब आधा प्रतिशत जग्गा काट्ने विषयमा धेरै स्थानीयवासीले गुनासो गरेका छन् । आयोजनाले हालसम्म वडा तहसम्मका स्थानीयवासीमा सही सूचनासमेत सम्प्रेषण नगरेकाले पारदर्शीरूपमा काम गर्नुपर्ने पीडित जग्गाधनीको माग छ । जग्गा विकास गरी दुई वर्षमा फिर्ता गर्ने प्रतिबद्धता आयोजनाले जनाएकामा नभएमा क्षतिपूर्तिस्वरुप के दिने भन्ने विषयमा प्रष्ट पारेर काम अघि बढाइनुपर्ने माग आयोजना क्षेत्रका पीडितको छ ।

धेरैसँग नगदभन्दा पनि जिन्सी जग्गा नै रहेकाले लामो समयसम्म जग्गा रोक्का राख्दा नकारात्मक असर गर्ने भएकाले दुई वर्षमै सक्ने ग्यारेण्टी के छ भनी सार्वजनिकरूपमा तीनवटै नगरपालिकासँग प्रतिबद्धता माग गर्ने तयारी पीडितले गरेका छन् । स्थानीयवासीले आवश्यक परेका बेला जग्गा बेचेर व्यवहारिक गर्जो टार्ने गरेको पीडित रमेश पुडासैनीले बताए ।

आयोजनाका इञ्जीनियर एवं शहरी योजनाकार पराशर घिमिरे सडकले नछोएको जग्गाको पाँचदेखि छ रोपनी जमिन भएको प्लटमा ३५ देखि ३९ प्रतिशतसम्म जग्गा योगदान गर्नुपर्ने बताउछन् । २० फिटको सडक बनिसकेका कित्तामा भने १७ प्रतिशतमात्र योगदान गरे पुग्ने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending