काठमाडौं । काठमाडौँ पूर्वी क्षेत्रीय शहरी विकास आयोजनाले गर्न लागेको जग्गा विकास (ल्याण्ड पुलिङ) का बारेमा पारदर्शीरूपमा जानकारी गराउन स्थानीयवासीले माग गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिका वडा नं १, २ र ३ एवं शङ्खरापुर नगरपालिका वडा नं ९ को करिब २६ हजार रोपनी जग्गा बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी रोक्का राखेकामा स्पष्ट गर्न स्थानीयवासीले माग गरेका हुन् ।
आयोजनाले दुई दिनअघि उल्लेखित वडाको करिब २६ हजार रोपनी जग्गा दुई वर्षका लागि आठ आनाभन्दा कम टुक्रा गर्न नपाउने र कुनै पनि भौतिक संरचाना निर्माण गर्न नपाउने गरी रोक्का गरेको सूचना प्रकाशित गरेको थियो । शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत रहने गरी तीन नगरपालिकाले आयोजना स्थापना गरेकामा स्थानीयवासीलाई पर्याप्त जानकारी नभएको भन्दै स्पष्ट गर्न माग गर्न लागिएको कार्यक्रमको नेतृत्व गर्नुभएका नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिनुभयो ।
स्पष्ट पार्न माग गर्दै आयोजनाका अध्यक्ष कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालाई आइतबार ज्ञापनपत्र बुझाउन लागिएको उहाँले सुनाउनुभयो । सो अवसरमा जग्गा रोक्का गर्नुको कारण, शहर विकास गर्दा जग्गा धनीले कति जग्गा योगदान गर्ने रु, आयोजनाको लागत सुनिश्चितता, आयोजनाको समयसीमा, जग्गा धनीले मेरो जग्गा दिन्छु वा दिन्न भन्न पाउँछ कि पाउदैन रु, आयोजनाबाट जग्गा धनीलाई हुने फाइदा र बेफाइदा के हो रु लगायत यावत विषयमा आइतबार सवालजवाफ गर्ने स्थानीयवासीको तयारी छ ।
राजनीतिक रङ नदिइकन आयोजना क्षेत्रका जग्गाधनीका पीरमर्काका बारेमा पारदर्शीरूपमा छलफल गर्न लागिएकाले जानकारी लिन चाहनेले उपस्थित हुन आह्वानसमेत गरिएको छ । हालसम्म आयोजनाले सडकका लागि ३० प्रतिशत, खुला क्षेत्रका लागि पाँच प्रतिशत र सेवा शुल्कका लागि १० प्रतिशत गरी ४५ प्रतिशत जग्गा स्थानीयवासीसँग योगदानस्वरुप लिने कार्ययोजना बनाएको छ । आयोजनाको परिचय पुस्तिका ९ब्रोसर०मा तीनै नगरपालिकाको आयोजना सञ्चालन हुने वडाका जग्गाधनीले ४५ प्रतिशतसम्म जग्गा योगदान गर्नुपर्ने उल्लेख गरिएको छ ।
जनताको करिब आधा प्रतिशत जग्गा काट्ने विषयमा धेरै स्थानीयवासीले गुनासो गरेका छन् । आयोजनाले हालसम्म वडा तहसम्मका स्थानीयवासीमा सही सूचनासमेत सम्प्रेषण नगरेकाले पारदर्शीरूपमा काम गर्नुपर्ने पीडित जग्गाधनीको माग छ । जग्गा विकास गरी दुई वर्षमा फिर्ता गर्ने प्रतिबद्धता आयोजनाले जनाएकामा नभएमा क्षतिपूर्तिस्वरुप के दिने भन्ने विषयमा प्रष्ट पारेर काम अघि बढाइनुपर्ने माग आयोजना क्षेत्रका पीडितको छ ।
धेरैसँग नगदभन्दा पनि जिन्सी जग्गा नै रहेकाले लामो समयसम्म जग्गा रोक्का राख्दा नकारात्मक असर गर्ने भएकाले दुई वर्षमै सक्ने ग्यारेण्टी के छ भनी सार्वजनिकरूपमा तीनवटै नगरपालिकासँग प्रतिबद्धता माग गर्ने तयारी पीडितले गरेका छन् । स्थानीयवासीले आवश्यक परेका बेला जग्गा बेचेर व्यवहारिक गर्जो टार्ने गरेको पीडित रमेश पुडासैनीले बताए ।
आयोजनाका इञ्जीनियर एवं शहरी योजनाकार पराशर घिमिरे सडकले नछोएको जग्गाको पाँचदेखि छ रोपनी जमिन भएको प्लटमा ३५ देखि ३९ प्रतिशतसम्म जग्गा योगदान गर्नुपर्ने बताउछन् । २० फिटको सडक बनिसकेका कित्तामा भने १७ प्रतिशतमात्र योगदान गरे पुग्ने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...



प्रतिकृया लेख्नुहोस्: