काठमाडौं । विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हाल्लेका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकताअनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका छन् ।
मन्त्रालयमा आज आयोजित छलफलमा उनीहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गरे ।
पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले भने, “नयाँ अवधारणाअनुसार जलाशययुक्त आयोजना बनाउनेतर्फ जानुपर्छ ।” पूर्वमन्त्री पुनले कुन आयोजनालाई प्राथमिकता दिने भन्ने विषयतर्फ ध्यान पुर्याउनुपर्नेमा जोड दिँदै सिँचाइ तथा विद्युत्का लागि उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिए ।
उनले गरिबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क बिजुली उपलब्ध गराउने तथा विद्युत् महशुल दर घटाउने मन्त्रीको प्रस्ताव उपयुक्त भएको भन्दै कार्यान्वयनमा लैजान सुझाव दिए । पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक क्षेत्रलाई सहयोग गर्ने महत्वपूर्ण आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “अन्तराष्ट्रिय बोलपत्र गरेर बूढीगण्डकी आफैँले बनाउनुपर्छ ।”
आयोजना कार्यान्वयन गर्दा मिलेमतो हुने गरेको उल्लेख गर्दै उहाँले समयमै काम सम्पन्न गर्नेतर्फ उचित ध्यान पुर्याउनुपर्ने बताए । निर्यात तथा आन्तरिक खपतलाई विशेष ध्यान दिएर काम गर्न उनले सुझाव दिए । डा महतले जनतालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने विषय उपयुक्त भए पनि अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...



प्रतिकृया लेख्नुहोस्: