Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

ऊर्जामन्त्री भुषाललाई पूर्वमन्त्री पुनको यस्तो सुझाव

खबरडबली संवाददाता

काठमाडौं । विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हाल्लेका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकताअनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका छन् । 

मन्त्रालयमा आज आयोजित छलफलमा उनीहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गरे । 

पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले भने, “नयाँ अवधारणाअनुसार जलाशययुक्त आयोजना बनाउनेतर्फ जानुपर्छ ।” पूर्वमन्त्री पुनले कुन आयोजनालाई प्राथमिकता दिने भन्ने विषयतर्फ ध्यान पुर्‍याउनुपर्नेमा जोड दिँदै सिँचाइ तथा विद्युत्का लागि उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिए । 

उनले गरिबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क बिजुली उपलब्ध गराउने तथा विद्युत् महशुल दर घटाउने मन्त्रीको प्रस्ताव उपयुक्त भएको भन्दै कार्यान्वयनमा लैजान सुझाव दिए । पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक क्षेत्रलाई सहयोग गर्ने महत्वपूर्ण आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “अन्तराष्ट्रिय बोलपत्र गरेर बूढीगण्डकी आफैँले बनाउनुपर्छ ।” 

आयोजना कार्यान्वयन गर्दा मिलेमतो हुने गरेको उल्लेख गर्दै उहाँले समयमै काम सम्पन्न गर्नेतर्फ उचित ध्यान पुर्‍याउनुपर्ने बताए । निर्यात तथा आन्तरिक खपतलाई विशेष ध्यान दिएर काम गर्न उनले सुझाव दिए । डा महतले जनतालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने विषय उपयुक्त भए पनि अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद बैठक अपराह्न चार बजेलाई सर्‍यो

काठमाडौं । आजको बैठक बिहान ११ बजेका लागि राखिएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ ।   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहम...

गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन...

सुनको मुल्यमा हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर ...

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढि...

सदनमा अनिवार्य उपस्थित हुन सांसदरुलाई कांग्रेसको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।   १ जेठमा संसदको संयुक्त बैठकमा रा...

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको ब...

परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः पुचलाई काठमाडौं महानगरको आर्थिक अनुदान

काठमाडौँ । परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई का...

म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो

म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ । विसं २०६३ मा ट्र्याक ...

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन ...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies