काठमाडौं । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बीमा १७१.५७, अन्य ३१.५८, जीवन बीमा २०९.३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए ।
यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.९८, चन्द्रागिरी हिल्स ३.८६, कुमारी इक्विटी फण्ड ३.५५, नारायणी डेभलपमेण्ट बैंक ३.१५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।
साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको छ । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । आजको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको छ ।
कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८३४, सिनर्जी पावर रु ३२ करोड १२ लाख पाँच हजार ७७५, ङादी ग्रुप अफ पावर रु ३० करोड ४६ लाख ९९ हजार ८७३ र युनिभर्सल पावरको रु २९ करोड ३९ लाख ८९ हजार ४१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: