काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए ।
कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।
कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...
फाल्गुन १९ गते, २०८२ - १५:१८
काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ...
फाल्गुन १९ गते, २०८२ - १४:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मे...
फाल्गुन १९ गते, २०८२ - १४:२३
विराटनगर । निर्वाचनको मौन अवधिमा विराटनगर र ताप्लेजुङमा फेला परेका शङ्कास्पद वस्तुहरूलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। विराटनग...
फाल्गुन १९ गते, २०८२ - १४:१९
भक्तपुर । सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका ८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पा...
फाल्गुन १९ गते, २०८२ - १२:२३
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...
फाल्गुन १९ गते, २०८२ - १२:१७
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन १९ गते, २०८२ - १२:१६
काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ९ स्थित चिल्मिलिया २१ ...
फाल्गुन १९ गते, २०८२ - १२:०४
काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...



प्रतिकृया लेख्नुहोस्: