काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी-व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए ।
सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । 'विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,' उनले भने, 'महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो ।'
अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ - स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, 'निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।'
परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहकोे रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताउनुभयो । उहाँले बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८१ - २२:१४
काठमाडौं । नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रीपरिष...
बैशाख २७ गते, २०८१ - २१:५२
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेताव...
बैशाख २७ गते, २०८१ - २१:४९
झपा । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेप...
बैशाख २७ गते, २०८१ - २१:३२
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ । असंवैधानिक रुपमा नयाँ सरकार आह्वान ग...
बैशाख २७ गते, २०८१ - १६:१९
झापा । ऋणीलाई तनाव दिएको भन्दै झापाका दुई बैंकमा गरे तोडफोड भएकाे छ । ज्योति र एभरेस्ट बैंकमा तोडफोड भएको हाे । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्र...
बैशाख २७ गते, २०८१ - १६:०९
काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छ...
बैशाख २७ गते, २०८१ - १६:०३
काठमाडौं । फिल्म ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ । फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट...
बैशाख २७ गते, २०८१ - १५:५९
काठमाडौं । अशोक राई नेतृवकाे जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले उपेन्द्र यादवको लागि अदालतको ढोका खुला रहेकेा बताएका छन् । बिहीबार राजधानीम...
बैशाख २७ गते, २०८१ - १५:५१
काठमाडौं। जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुन हुँदैन भनेर नयाँ दल बनाएको बताएका छन् । बिहीवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्...
बैशाख २७ गते, २०८१ - १५:४८
बाँके । परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ । गाउँमै पानी परीक्षण शि...
प्रतिकृया लेख्नुहोस्: