Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

महामारी प्रभावित उद्योग-व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाको घोषणा

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको  उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी-व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए ।

सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । 'विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,' उनले भने, 'महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता  खोपको व्यवस्था नै हो ।'

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ - स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, 'निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।'

परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहकोे रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताउनुभयो । उहाँले बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

दुबई र आबुधावी विमानस्थल आंशिक खुला

काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ...

निर्वाचनकोे पूर्व सन्ध्ययामा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मे...

विराटनगर र ताप्लेजुङमा शङ्कास्पद वस्तु निष्क्रिय, १२० स्थानमा सेनाको बम डिस्पोजल टोली तैनाथ

विराटनगर । निर्वाचनको मौन अवधिमा  विराटनगर र ताप्लेजुङमा फेला परेका शङ्कास्पद वस्तुहरूलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।  विराटनग...

भक्तपुरमा इन्सास राईफलसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका ८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पा...

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा प्रेसर कुकरभित्र गोबर र माटो

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE