Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

यीे राशि हुनेहरुलाई आजको दिन फाइदै फाइदा

खबरडबली संवाददाता

काठमाडाै‌ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनतले प्रशस्त लाभ लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन शुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्‍नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरु सँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाइड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ  । व्यापार व्यावसायमा सोचे जस्तै नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोज मुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षा समितिको बैठक फेरि स्थगित, विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल रोकियो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...

आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई थोपर्ने खेल भइरहेको छ: शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...

नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह, कोशीदेखि महाकालीसम्मका नदीमा बहाव बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, सीमा क्षेत्रमा तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending