बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । कोरोना भाइरस सङ्क्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।
निषेधाज्ञालाई केही खुकुलो पार्दै जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्डपालन गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आउन दिने निर्णय भएको छ । सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सिट क्षमताको आधारमा यात्रु बोक्न पाइनेछ । यसअघि आधा सिट क्षमता मात्रै जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सिट क्षमतामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउनेछन् ।
यस्तै रोजगारीका लागि भारत जाने नागरिकको सम्बन्धित स्थानीय तहले एन्टिजेन परीक्षण व्यवस्था मिलाउनुपर्ने निर्णयसमेत भएको छ । सबै कार्यालयको सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुनेछन् भने सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् ।
विवाह व्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ । यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकूद गतिविधिमा भने रोक लगाइएको छ । कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलो पटक वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - १४:३३
सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...
श्रावण १६ गते, २०८३ - १४:२६
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...
श्रावण १६ गते, २०८३ - १३:५३
धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा दिन पुगेका एक युवाको भवनबाट हाम फालेपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला...
श्रावण १६ गते, २०८३ - १३:२२
इस्लामाबाद। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ । तीमध्ये तीन ज...
श्रावण १६ गते, २०८३ - १३:०६
काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारले मुद्दाको शीघ्र न्याय निरूपणका लागि जिल्ला अदालतहरूमा ‘सहकारी कसुर हेर्ने समर्...
श्रावण १६ गते, २०८३ - १२:५०
महोत्तरी । धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते ...
श्रावण १६ गते, २०८३ - १२:४३
लहान। सिरहाको लहान क्षेत्रमा बुधबार अपराह्न ४ बजेदेखि लागू गरिएको कर्फ्यु शनिबार बिहान १० बजेदेखि हटाइएको छ। कर्फ्यु हटाइएसँगै लहानमा सद्भाव र्याली न...
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...



प्रतिकृया लेख्नुहोस्: