काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ। ‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन। कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो।
स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए। दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए। त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो।
ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ। ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए। पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन्। त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन्। नागरिक दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...
आषाढ़ १२ गते, २०८३ - १५:५९
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...
आषाढ़ १२ गते, २०८३ - १५:४८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक ...
आषाढ़ १२ गते, २०८३ - १५:२८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...
आषाढ़ १२ गते, २०८३ - १५:१०
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...
आषाढ़ १२ गते, २०८३ - १४:२४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...
आषाढ़ १२ गते, २०८३ - १४:०९
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...
आषाढ़ १२ गते, २०८३ - १३:५५
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...



प्रतिकृया लेख्नुहोस्: