Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मल बनाउन कम्पोस्टबिन वितरण

खबरडबली संवाददाता

ललितपुर । महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा मल बनाउनका लागि कम्पोस्टबिन अर्थात् फोहर कुहिने भाँडा वितरण गरिएको छ । ‘स्वच्छ, सफा, सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारालाई आत्मसाथ गर्दै वडाले सरसफाइलाई ध्यानमा राखी सो भाँडा वितरण गरेको हो । 

नगरपालिकाका अन्य वडाले विभिन्न कार्यक्रम अघि बढाउने क्रममा आफूहरूले भने स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरी वडाभित्रका केही घरमा कुहिने फोहरबाट प्राङ्गरिक मल बन्न सहयोग होस् भनी ४२ बिन वितरण गरिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए । 

उनले भने, “यो भाँडा हामीले वडामा कार्यारत कर्मचारी स्वस्थ्य स्वयंसेविका तथा सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीलगायत केही व्यक्तिका निजी घरमा फोहर हाल्न दियौँ ।” वडाका सार्वजनिक स्थानमा सो तवरका भाँडा राख्दा झन् फोहर बढेको र त्यसको सफा सुघरमा खासै ध्यान गएको नदेखिएकाले व्यक्तिको घरमा राखेको भाँडा सफा हुनाका साथै मलसमेत उत्पादन हुँदा रु एक लाख खर्च गरी बिन बाँडेको महर्जनले जानकारी गराए ।

 “वडावासी ‘गोदावरी खोला सरसफाइ अभियान’ मा पनि जुट्दै आएकाले नजिकै रहेका कुला, नहर, पार्टीपौवा, मठमन्दिर आदि सफा र सुन्दर भइरहँदा किन प्रत्येक दिन भान्छाबाट निस्कने कुहिने फोहर पनि व्यवस्थापन नगर्नु भनी यसलाई अघि बढाएका हौैँ, उनले भने । नगपालिकामा रहेका कूल ४५ स्वास्थ्य स्वयंसेविकामध्ये सिद्धिपुरमा कार्यारत नौले उक्त भाँडा आ–आफ्ना घरमा राखी मल बनाउने अवसर पाएका जानकारी गराइएको छ । सो बिनको तल्लो भागबाट तयार भएको मल निकाल्न मिल्छ । रासायनिक मल प्रयोग गरिएका खाद्यान्नले मानिसको स्वास्थ्यमा असर गर्ने हुँदा सो मलको प्रयोग गरी फलेका अर्गानिक तरकारी अनि फलफूलले धेरै फाइदा पुग्ने महर्जनले दाबी गरे । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

भोटेबहालमा बसको ठक्करबाट २ भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...

इरानको आणविक भण्डार नियन्त्रणबारे ट्रम्प प्रशासनभित्र छलफल

काठमाडौं। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...

११ वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः चोरीमा पक्राउ

काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’

काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...

बिहारबाट भित्रिएको वर्षा प्रणाली : चितवन र आसपासमा बढी प्रभावको अनुमान

काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: