काठमाडौं । देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन् । प्रकाश पाण्डे प्रदेश १ मा गएका छन् । टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेशको जिम्मेवारी आइलागेको छ ।
लक्ष्मण गुरुङ प्रशासनबाट लुम्बिनी प्रदेश गएका छन् । सुमन वैद्य बागमती प्रदेशबाट गण्डकी र हरिहर पौडेल लुम्बिनीबाट बागमती प्रदेश तोकिएका छन् । ओम जोशी सुदूरपश्चिमबाट प्रदेश २ (जनकपुर) जाँदा सुनील ढकाल र कूलदीप थापा विभागमा तानिएका छन् । यी दुईमध्ये एक जना प्रशासनमा जाने बुझिन्छ । दुबै जना प्रमुख अधिकृत गणेश अधिकारीका निकट मानिन्छन् ।
एसएसपीतर्फ राजन उप्रेती समाचार संकलन, सम्पादनबाट अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका छन् भने भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाइएको छ । माधव तिमिल्सिना प्रशासनबाट नयाँदिल्लीस्थित दूतावासमा खटाइएका छन् । त्यहाँ तीन वर्ष कार्यकाल पूरा गरेका इन्द्र लामालाई विभागमा फर्काएर चीफको लाइनमा रहेका लमजुङका किशोर श्रेष्ठलाई एयरपोर्टबाट विभागमा तानिएको छ । यसबाहेक आजभोलिमै डिएसपीहरुको सरुवा पनि निकाल्ने तयारी छ ।
विभागले राष्ट्रिय सुरक्षा परिषद्मा एकजना डिआइजी पठाउन सक्छ । तर, अहिलेसम्म कसैलाई पठाइएको छैन । गुप्तचर विभाग हाल प्रधानमन्त्रीको मातहतमा छ । त्यस्तै, सशस्त्र प्रहरीमा डिआइजी बढुवाको तयारी शुरु भएको छ ।
त्यहाँ अहिले तीन डिआइजी खालि भएमध्ये कालिदाश धौबजी र कमल न्यौपाने दुईजना पक्कापक्की भएका छन् । तेस्रो सिनियरले तालिम गरेका छैनन् । तेस्रोलाई छोडेर पाँचौँ र छैठौँमा जाँदा चेन अफ कमाण्ड बिग्रिन्छ भनेर अहिलेसम्म बढुवा सिफारिस नभएको सशस्त्रस्रोतले जनाएको छ । त्यस्तै, एक सय २० वटा नयाँ बिओपीका लागि गृहमा दरबन्दी माग गर्ने तयारी पनि चल्दैछ । यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: