१३ साउन, जनकपुरधाम । महोत्तरी जिल्लाको बलुवा बजारमा स्थानीयवासी र प्रहरीको बीचमा मंगलबार राति झडप भएको छ ।
झडपमा परी करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । मङ्गलबार राति बलुवा बजारको विद्यालय प्रांगणमा डा सिके राउतको भाषणको भिडियो प्रदर्शन क्रममा सो झडप भएको हो । भिडियो देखाइरहेको अवस्थामा प्रहरीले स्थानीयवासीलाई रोक्न खोज्दा स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।
प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको लाठीचार्जबाट करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने बलुवा–६ का ६० वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर रहेको छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
सो गाउँको अवस्था तनावग्रस्त रहेको स्थानीयवासीले बताएका छन् । पटकपटक सो गाउँमा स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट थप सुरक्षाकर्मी बोलाइएको छ ।
स्थानीयवासीले प्रहरीको एउटा भ्यानमा तोडफोड गरेका छन् भने ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी परौलथानका सञ्जयकुमार यादव र बलुवाका सत्यनारायण यादवलाई पक्राउ गरिएको स्थानीयवासी रामदेव यादवले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बलुवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक योगकुमार सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: