Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पुर्‍याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २:३० बजेदेखि चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताए ।

‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी चौकी नेपालथोकबाट खटिएको प्रहरी टोली, रोशी गाउँपालिका र सडक आयोजनाको सक्रियतामा सडक खुलाउने काम भएको छ”, उनले भने, “खोलामा अझै बाढी आइरहेका कारण डोजरको प्रयोग गरेर एकतर्फी भए पनि अहिलेका लागि सडक खुलाइएको हो ।”

सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो ।

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका कर्मचारी चन्द्रबहादुर लामाले बाढीले राजमार्ग अवरुद्ध भएपछि सडक आयोजनाले दुई वटा जेसिबी र एउटा लोडर प्रयोग गरेर सडकमा थुप्रेको लेदो हटाएर यातायात सञ्चालनमा ल्याएको बताए । अहिले पनि खोलामा बाढी आइरहेका कारण जेसिबी परिचालन गरिरहेको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

सरकार र चिकित्सक संघबीचको वार्ता सकारात्मक, आन्दोलन अन्त्य हुने संकेत

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक: छ अर्ब ५५ करोडको कार्यक्रम पारित

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भने रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending