Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

पार्टी फुट्ने चेतावनी दिएको भोलिपल्टै यी नेताले गराए ओली र नेपाललाई फोन संवाद

खबरडबली संवाददाता

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।

नेपाल समूहका एक नेताले दिएको जानकारी अनुसार एमाले नेता घनश्याम भुसालले ओली र नेपाललाई टेलिफोन सम्पर्क गराएका हुन् । ललितपुरस्थित समिट होटलमा छलफलमा रहेका भुसाल कोटेश्वरमा रहेको नेता नेपालको निवासमा आएर टेलिफोन सम्पर्क गराएका हुन् । 
ओलीले  १८ असारमा केन्द्रीय कमिटी बैठकबाट सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनी दिएपछि  उनीहरूबीच टेलिफोन भएको हो ।

‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ ओलीले बैठकमा भनेका थिए, 'हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुन्छ ।'  हस्ताक्षर फिर्ता नलिनु पार्टी फुटेको घोषणा भएको ओलीले बताएका  थिए ।

समिट होटलमा एमालेका ओली समूह र नेपाल समूहका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । ओली र नेपाललाई टेलिफोन सम्पर्क गराएर भुसाल समिट होटलमा फेरि छलफलमा पुगेका छन् ।

ओली र नेपालले अडान नछाड्दा  एमालले फुटको डिलमा पुगेको  छ । तर उक्त बैठकक नेपाल सममूहले अवैध भनेको छ । नेपाल समूहले केन्द्रीय कमिटी रोक्न  माग गरे पनि ओली बैठक राखेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दावी पेश हुँदै, आजै नियुक्तिपछि सपथ हुने

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मत...

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहाल...

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

काठमाडाैं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे...

कालीकोटमा पशुपालन गर्ने किसानलाई गोठालो भत्ता

कालीकोट । कालीकोट  जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपा...

अभिनेता सलोन र करिश्मालाई पुत्रीलाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मालाई सन्तान लाभ भएको छ । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । अहिले आमा...

सहकारीले बैंकहरुले जस्तै मार्गदर्शन पालना गर्नुको विकल्प छैनः कार्यकारी निर्देशक नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका ...

त्रिभुवन विमानस्थलमा भल पस्दा यात्रुलाई सास्ती

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो । दुई भव...

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उ...

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

काठमाडौं ।  राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारह...

सहकारीको स्थायित्वका लागि लेखा सुपरीवेक्षण समिति बलियो हुनुपर्छः एरिक ओ हर्न

काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies