काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र छ बालबालिका रहेका छन् । ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
बाढी, पहिरो र डुबानमा परी २४ पुरुष, ११ महिला, छ बालक र तीन बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा पाँच/पाँच, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन/तीन, जुम्ला र गोरखामा दुई/दुई, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एक जना रहेका छन् । त्यस्तै बाढी र पहिरोमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एक जना बेपत्ता भएका हुन् छन् । बेपत्ताको खोजी जारी रहेको जनाइएको छ ।
बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट आठ/आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार/चार र कञ्चनपुरमा तीन जना रहेका छन् ।
पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक अवरुद्ध नै छन् । वर्षाका कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका जिल्लामा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ ।
बाढीका कारण ३९७ घर डुबानमा परेका छन् । चार सय ९१ घर, ८४ वटा गोठ, ३८ वटा पुल, तीन विद्यालय र १० सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ४३ घरका चार हजार ९५५ जना मानिस विस्थापित भएका छन् । आठ सय दुई पशु चौपाय मरेका छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: