Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै मन्त्रालयले अन्तरराष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहिबारदेखिनै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौँ उडान गर्ने तालिका छ । त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौँ उडान गर्नेछ । जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौँ उडान गर्नेछ । टर्की एयरलाइन्सले काठमाडौँ उडान गर्नेछ । सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौँको उडान भर्ने तालिका तय गरिएको छ । त्यसैगरी जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ । 

कतार एयरवेजको दोहा–काठमाडौँ र जजिरा एयरवेजले कुवेतबाट काठमाडौँ उडान मन्त्रालयले जनाएको छ । जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौँका लागि उडान गर्नेछ । जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौँ, ओमनको सलाम एयरले काठमाडौँमा उडान गर्नेछन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौँ उडान गर्ने तालिका तय गरिएको छ । 

कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो  । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: