बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि सेवाग्राहीलाई आलोपालो प्रणालीमा सेवा प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को प्रभावको कारण यसअघि निषेधाज्ञा जारी भएपछि सर्वसाधारणको लागि सेवा प्रवाह बन्द गरिएकोमा सङ्क्रमण दरमा कमी आएसँगै आजदेखि सेवाग्राहीको भीडभाड नहुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बारअनुसार सेवा प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबार सूचना जारी गर्दै सेवाग्राहीको चाप कम गर्ने गरी बारअनुसार सेवा दिन थालेको हो । जसअनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये धुलिखेल नगरपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, बनेपा नगरपालिका र महाभारत गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बुधबार, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाका सेवाग्राहीलाई बिहीबार र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई शुक्रबार सेवा दिने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालयले वैशाख १४ गतेदेखि १९ गतेसम्म बारअनुसार सेवा प्रवाह गरिएकामा १९ गते राति १२ बजेदेखि जिल्लाको मुख्य बजार क्षेत्र र राजमार्ग आसपासको ५०० मिटर क्षेत्रमा र सहायक सडक खण्डमा २०० मिटर क्षेत्रभित्रमा निषेधाज्ञा जारी गरिएपछि सेवाग्राहीको लागि सेवा प्रवाह बन्द भएको थियो । त्यसपछि आजदेखि डेढ महिनापछि सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: