बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि सेवाग्राहीलाई आलोपालो प्रणालीमा सेवा प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को प्रभावको कारण यसअघि निषेधाज्ञा जारी भएपछि सर्वसाधारणको लागि सेवा प्रवाह बन्द गरिएकोमा सङ्क्रमण दरमा कमी आएसँगै आजदेखि सेवाग्राहीको भीडभाड नहुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बारअनुसार सेवा प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबार सूचना जारी गर्दै सेवाग्राहीको चाप कम गर्ने गरी बारअनुसार सेवा दिन थालेको हो । जसअनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये धुलिखेल नगरपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, बनेपा नगरपालिका र महाभारत गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बुधबार, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाका सेवाग्राहीलाई बिहीबार र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई शुक्रबार सेवा दिने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालयले वैशाख १४ गतेदेखि १९ गतेसम्म बारअनुसार सेवा प्रवाह गरिएकामा १९ गते राति १२ बजेदेखि जिल्लाको मुख्य बजार क्षेत्र र राजमार्ग आसपासको ५०० मिटर क्षेत्रमा र सहायक सडक खण्डमा २०० मिटर क्षेत्रभित्रमा निषेधाज्ञा जारी गरिएपछि सेवाग्राहीको लागि सेवा प्रवाह बन्द भएको थियो । त्यसपछि आजदेखि डेढ महिनापछि सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: