काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरे ।
अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट अफ कन्र्सनभित्र परेका ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) मात्र सक्रिय रहेको उनले जानकारी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्र्सनभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।
'जनस्वास्थ्यका विषयमा स्वास्थ्य मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नदिई त्यस किसिमको भ्रमक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई मन्त्रालय जिम्मेवार बन्न सचेत गराउँछ', मन्त्रालयका प्रवक्ता डा. पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सवैलाई अपिल गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ । सङ्गठनले नेपालमा रहेका भेरियन्टहरू अल्फा (B.1.1.7), डेल्टा (B.1.617.2) र काप्पा (B.1.617.1) हुन् र यीमध्ये अहिले डेल्टा सक्रिय रहेको भेरियन्ट रहेको जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: