Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

दूरदराजका गाउँ बन्न थाले कोरोना ‘हटस्पट’

खबरडबली संवाददाता

पाँचथर । जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरुमा सङ्क्रमण तीब्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ । दूरदराजका गाउँ वस्तीहरुमा घरैपिच्छे सङ्क्रमित भेटिनाले यी स्थानहरु ‘हटस्पट’ बनेका छन् । 

हालसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका—५ सुभाङ बनेको छ । यस वडामा हालसम्म ७५ पुरुष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा छ ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ  । यहाँ हालसम्म ४४ जना सङ्क्रमित छन् । यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत सङ्क्रमण निकै तीब्र गतिमा फैलिएको छ । 

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भन्नुभयो, 'घरैपिच्छे विरामी छन् । कतिपयले परीक्षण गर्न मानिरहेका छैनन् । स्थिति भयावह जस्तै छ ।' सङ्क्रमितहरुमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे वताउनुहुन्छ । हिलिहाङ—१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना सङ्क्रमित देखिएका छन् । हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा सङ्क्रमण देखिएको छ ।

सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो सङ्क्रमित भेटिन थालेका छन् । फिदिममा आइतवार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको थियो । अब्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपलहले सदरमुकाममा सङ्क्रमित दिनहुँ बढिरहेका छन् । सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन् । 

नगरपालिकाभित्र पर्ने गाउँ वस्तीहरुसम्म सङ्क्रमण फैलिइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । सोमवारमात्रै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका नाङलपा, बरबोटे, रानीटार, घुमाउनेटार लगायत टोलमा धेरै विरामी देखिएका छन् । कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी देखिएपछि स्थानीयवासीले परीक्षणको माग गरेका थिए ।

दक्षिणी मिक्लाजुङका गाउँ वस्तीहरुको अवस्था पनि उस्तै छ । मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नीप्रसाद चम्लागाइँका अनुसार हालसम्म उक्त गाउँपालिकाभित्र मात्रै ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 'मिक्लाजुङ–८ दुर्दिम्बामा धेरै बिरामी देखिएका छन् । उनीहरुमध्ये सबैको परीक्षण समेत गर्न सकिएको छैन्', चम्लागाइँले भने, 'कतिपयले परीक्षण गर्न मान्नुभएको छैन् ।' कन्ट्र्याक ट्रेसिङमा परेका सबैको परीक्षण गर्न नसक्दा गाउँ वस्तीहरुमा सङ्क्रमणको जालो चुडाउन नसकिएको चम्लागाँईको भनाई छ ।

दक्षिणकै तुम्बेवा गाउँपालिकामा समेत सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । '३२ जनामा परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ । केही निको पनि भएका छन्', गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, 'परीक्षणको दायरा बढाउने प्रयास थालेका छौँ ।' पिसिआर परीक्षणका यहाँ सङ्कलित स्वाब धनकुटा वा विराटनगर पठाउनुपर्छ । दुवै स्थानमा धेरै समय पालो पर्खनुपर्दा सङ्क्रमितको पहिचान ढिलो भई सङ्क्रमण रोकथाम गर्न कठिन भएको अध्यक्ष थापाको भनाइ छ ।

पछिल्लोपटक जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा सङ्क्रमण निकै तीब्र गतिमा फैलन थालेको छ । शनिबार कुम्मायक–१ सिम्ले गाउँमा बिरामी भेटिएपछि १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा छ जनामा तथा कुम्मायक–२ माङ्जाबुङमा १५ जनामा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको थियो । आइतबार गाउँपालिकाको केन्द्र यासोकमा २१ जनामा एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । 'गाउँ वस्तीहरुमा सङ्क्रमित देखिन थालेपछि हामीले गर्नुपर्ने उपचारात्मक तथा सङ्क्रमण रोकथामका कार्यहरु र तयारीलाई तीब्र पारेका छौँ', कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ भने ।

यसैगरी फाल्गुनन्दमा भने गाउँपालिकाको अस्थायी केन्द्र घुर्विसेपञ्चमीसहित चिम्फुला, राँके, नवमीडाँडालगायत क्षेत्रमा गरी हालसम्म २१ मा सङ्क्रमण देखिएको छ । करीब १५० जनाको एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् । ग्रामीण क्षेत्रमा समेत सङ्क्रमण फैलँदै गएकाले परीक्षणको दायरा बढाउँदै लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ ।

जिल्लाको याङवरक गाउँपालिकामा भने सङ्क्रमणको जालो एक हदसम्म तोडिएको छ । याङवरक–१ च्याङ्थापू तथा याङ्वरक–४ थर्पूमा अत्यधिक सङ्क्रमित भेटिएका थिए । तर पछिल्लोपटक सङ्क्रमण घट्दै गएको छ भने गाउँपालिकाले परीक्षणलाई निरन्तरता दिएको छ । याङवरक–१ च्याङ्थापूमा ७८ वर्ष माथिका तीन जना वृद्धवृद्धाले कोरोना जितेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ छ । ग्रामीण क्षेत्रमा सङ्क्रमण तीब्र हुँदै जाँदा सतर्कता केही बढेको छ । यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड–१९ को महामारीलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा मात्रै लिई हेलचेक्र्याई गर्नेको सङ्ख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

ई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

वर्षा–पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।  नेपाल प्रहरीले शुक्रबार बिहान ...

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending