गत वर्ष साविकको नेकपामा विवाद देखिँदा ओलीकै निर्देशनमा महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए।
काठमाडौं। गण्डकी प्रदेशका जनमोर्चाका सांसद खिमविक्रम शाहीको चरक अस्पताल प्रकरणमा एमालेका पुर्वमन्त्री महेश बस्नेत फेरी मुछिएका छन् ।
गत वर्ष साविकको नेकपामा विवाद देखिँदा ओलीकै निर्देशनमा महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता जोगाउन फेरि एकपटक एमालेकै निर्देशनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अपहरणशैलीमा चरक हस्पिटल लगेर आइसियुमा भर्ना गरिएको आशंका गरिएका बेला यो घटनामा पनि एमाले सांसद महेश बस्नेतको संलग्नता देखिएको जनमोर्चाका नेता कार्यकर्ता बताउँछन्।
चरक हस्पिटल एमाले निकट कपिल ज्ञवालीले सञ्चालन गरेका हुन्।
महेश बस्नेत चरक हस्पिटल पुग्नु र जनमोर्चाका सांसद शाहीलाई त्यहीँ भर्ना गरेर कसैलाई भेट्न नदिनुले उनको पनि अपहरण गरिएको हुन सक्ने विश्लेषण गरिएको छ। यद्यपि शाहीले आफू बिरामी भएर भाइको सहायताले हस्पिटल भर्ना भएको सफाइ दिएका छन्। एक दिनअघिसम्म आइसियुमा रहेका शाही भोलिपल्टै ह्विलचियरमा देखिएकाले यो सबै घटना नाटक भएको र दक्षिण भारतीय फिल्मलाई माथ खुवाउने खालको भएको देखिएको छ।
आफ्नो कुर्सी जोगाउनका निम्ति उनी जे पनि गर्न सक्छन्, जस्तोसुकै षड्यन्त्र गर्न सक्छन् भन्ने उदाहरण एक वर्षमा भएका दुई सांसद अपहरण काण्डले सावित गरेको छ। गत वर्ष साविकको नेकपामा विवाद देखिँदा ओलीकै निर्देशनमा महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए। त्यसबेला उपेन्द्रको पार्टीमा रहेका यादवलाई मन्त्री बनाउने आश्वासन दिएर एमाले भित्र्याउने खेल रचिएको थियो।
नागपोखरीस्थित होटल मेरियटबाट सांसद यादव भाग्न सफल भएपछि यो घटनाको रहस्य खुलेको थियो। अर्काको पार्टी विभाजन गर्ने र सांसद चोर्ने एमालेको रणनीति त्यसबेलै असफल बनेको थियो। त्यसपछि लगत्तै संघीय समाजवादी र राजपा एकीकृत भएर जनता समाजवादी पार्टी गठन भएको थियो। एक वर्षको सोही घटनाको पुनरावृत्त अहिले गण्डकी प्रदेशमा देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: