Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सहयोग रकम सदुपयोग गर्न लागि परेको छुः प्रधानमन्त्री कोइराला

\"Sushil_Koirala\"११ साउन, काडमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपाली जनताको राहत र पुनःस्थापनाका लागि देश र विदेशबाट आएको सहयोग रकम र सामग्रीको सदुपयोग गर्न लागि परेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान विभिन्न सङ्घसंस्थाबाट भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् । ‘प्राप्त सहयोगको सदुपयोग होस् भनेर लागि परेको छु’ –प्रधानमन्त्री कोइरालाले भेटका क्रममा भने । इमेजबाट साढे १३ लाख भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सघाउन इमेज ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख ५९ हजार पाँच सय ३२ प्रदान गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष आरके मानन्धरले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा अध्यक्ष मानन्धरले कोषमा दिइने रकम सदुपयोग हुनेमा ढुक्क भएको बताए । उनले सञ्चारमाध्यमका सञ्चालक भएको नाताले राहत र पुनःस्थापना कार्यको सञ्चारमाध्यमबाट नियमित निगरानीसमेत हुने बताका थिए । इमेज ग्रुपले भूकम्पपीडितको सहयोगका निम्ति आफूले एक लाखको बीउ पुँजी राखेर खाता खोलेको थियो । सोही खातामा भूकम्पपीडितको निम्ति सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको थियो । टुरिज्म डेभलपमेन्टले थप्यो दश लाख भूकम्पपीडितलाई राहत र पुनःस्थापनामा सहयोग गर्न टुरिज्म डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १० लाख प्रदान गरेको छ । गत जेठ महिनामा पनि बैंकले कोषमा १० लाख प्रदान गरेको थियो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष डा पुष्पराज कँडेलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बैंकका सञ्चालक रामेश्वर उपाध्याय, महेश ढकाल, मनोज खड्का, विजय उप्रेती र सुमनराज कँडेलको पनि उपस्थिति रहेको थियो । पिटरबरोका नेपालीले दिए पाँच लाख भूकम्पमा परेका नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन पिटरबरोमा कार्यरत नेपालीको संस्था पिटरबरो नेपाली समाज युकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रकम हस्तान्तरण गर्न पुगेका संस्थाका अध्यक्ष केशव भण्डारीले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । समाजले भूकम्पपीडितका लागि विभिन्न जिल्लामा १२ लाखको राहत पनि वितरण गरेको जनाएको छ । ढुवानी व्यवसायीले दिए चार लाख भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यलाई सघाउन ढुवानी व्यवसायी महासङ्घ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार लाख एक हजार सहयोग प्रदान गरेको छ । बालुवाटारमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष शन्तबहादुर डुम्जनले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरणमा महासङ्घका अच्युतराज खनाल, केदार बानिया, अरुण श्रेष्ठ, विश्वनाथ खनाल र दुर्गा दुलालको पनि उपस्थिति रहेका थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending