Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्न कांग्रेसको प्रस्ताव दर्ता

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबार कांग्रेसले नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको हो । उसले स्थायी राजधानी जनकपुरधामलाई बनाउनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

सांसद शिवचन्द्र चौधरीले दर्ता गराएको प्रदेशको नाम सम्बन्धि प्रस्तावमा मन्जु कमारी र प्रमिला दासले समर्थन जनाएको प्रस्तावक चौधरीले जानकारी दिए ।

यस्तै, सांसद उपेन्द्र प्रसाद कुशवाहाले स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावमा सांसद नरेश कुमार यादव र नागेन्द्र प्रसाद सिन्हाले समर्थन जनाएका छन् ।

यस अघि २०७६ साल चैत महिनामा सत्तारुढ दल जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेले छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएको पहिलो प्रकृया फेल भएको थियो । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रकृया दोस्रो पटक शुरू हुन लागेको छ । यस पटक पनि माओवादीले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव गरेको छ भने एमालेले जानकी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । राजधानीको सवालमा जनकपुरधाम राख्न सबैको सहमत रहेको छ ।

संविधान अनुसार प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाई बहुमत अर्थात् ६९ जना सांसदको आवश्यक परेपनि यो अवस्था कुनै पनि दलसँग छैन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies