Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

ओली सरकार विरुद्ध अविश्वास प्रस्तावको तयारी : के गर्ला नेपाल पक्ष ?

काठमाडौं । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने भएको छ । माओवादी केन्द्रसँगको सहमतिमा अविश्वास प्रस्ताव ल्याउने निश्कर्षमा कांग्रेस पुगेको हो ।

सम्भवतः नेपाली कांग्रेसको यही तयारीबारे सूचना पाएर हुनसक्छ, बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निर्णयबाट कार्वाही गरेका अर्का नेता माधव नेपालसँग छलफल गरेका छन् ।

बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका थिए ।

बुधबार मात्रै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचचण्डलाई सुम्पिएको थियो ।

यसअघि वैशाख ७ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा अविश्वास प्रस्ताव ल्याउने तयारी भएपनि ६ गते नै संसदको अधिवेशन अन्त्य गरिएको थियो । संसद नबसेको भएपनि अविश्वास प्रस्ताव दर्ता गर्न सकिने प्रावधान भएकोले सम्भवतः एक दुई दिनमै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निश्कर्ष कांग्रेसको छ ।

अविश्वास प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने अवस्था आउने छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत आएको खण्डमा माधव नेपाल समूहले फ्लर क्रस गर्ने स्थिति बन्यो भने राजनीतिक परिस्थिति परिवर्तन हुने देखिन्छ ।

अविश्वास प्रस्ताव आएको अवस्थामा जनता समाजवादी पार्टीले पनि सरकारविरुद्ध मत दिने या पार्टीले ह्विप नलगाएको खण्डमा आधा सांसदले त्यसको समर्थन गर्नसक्ने अवस्था रहेको छ ।

बुधबार सम्पन्न कांग्रेस पदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले दुईरतीन दिनभित्रको राजनीतिक घटनाक्रम हेरेर अविश्वासको प्रस्ताव अगाडि बढाउन तयार रहेको बताएका थिए ।

दुई–तीन दिनमै एमालेमा ओली र नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने बूढानीलकण्ठ बैठकको विश्लेषण छ ।

नेकपा एमालेले आगामी १० गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठकले यसअघि कार्वाहीका लागि स्पष्टिकरण सोधिएका २७ जना सांसदका बारेमा के निर्णय गर्छ भन्ने विषयले अविश्वास प्रस्तावको भविष्य निर्धारण गर्ने देखिन्छ । केपी ओली पक्षले २७ जना सांसदलाई कार्वाही गर्ने अवस्थामा कमजोर बन्ने निश्कर्ष निकाल्दै माधव नेपालसँग वार्ताका लागि ओलीलाई दबाब दिएका थिए ।

अविश्वास प्रस्ताव र नयाँ सरकार गठनबारे देउवा र प्रचण्डबीच निर्णायक वार्ता हुने बुझिएको छ । छलफलको मिति र समय निर्धारित नभएपनि समग्र परिस्थितिको आँकलन गरि दुबै नेताबीच छलफल हुनसक्ने श्रोतले बतायो । यसैगरी कांग्रेस र माओवादीका नेताहरुले माधव पक्षका नेताहरुसँग समेत अनौपचारिक छलफल तीब्र पारेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: