Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

ओलीले एक घण्टा बोले, नेपालले सुने–जुटेन सहमति !

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बुधबार अप्रत्यासित भेटवार्ता भयो ।

आजको कान्तिपुर दैनिकमा खबर छ–काठमाडौंको एक होटलमा भएको छलफलमा दुबै नेताबीच पार्टी एकता जोगाउने विषयमा छलफल भएको बताइन्छ ।

माधव नेपाल पक्षका २७ जना सांसदलाई स्पष्टिकरण सोधपछि राष्ट्रिय राजनीतिमा ओली सरकार अल्पमतमा पर्ने आँकलन शुरु भएको थियो । २७ जना सांसदलाई निश्कास गर्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बलियो बन्ने टिप्पणी सामाजिक सञ्जालमा व्यापक बनेको थियो ।

नेपाल पक्षका सांसद तथा नेताहरुले पनि उक्त स्पष्टिकरणविरुद्ध आलोचना गरेका थिए । यसैबीच बुधबार मात्रै नेपाल पक्षका सांसदहरु स्पष्टिकरणको बिरोधमा सर्वोच्च अदालत पुगेका थिए ।

ओलीले एकलौटी ढंगले अघि सारेका कार्वाहीजन्य गतिविधिबाट नेकपा एमाले फुटने निश्चित भन्दै कतिपयले टिप्पणी गरिरहेकै बेला दुबै नेताबीच बुधबार छलफल भएको हो ।

छलफलपछि माधव नेपाल तथा ओलीले आफू निकट नेताहरुसँग छलफलमा भएका विषयबस्तुका बारेमा जानकारी गराएको सार्वजनिक भएको छ ।

समाचारहरुमा जनाइए अनुसार, छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेका थिए ।

नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरे अनुसार, ओलीले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा शुरु गरेर नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुराको बारेमा टिप्पणी गरेका थिए । ’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

दुबै नेताले विगतको समीक्षा गरेपनि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा भने उनीहरुबीच कुनै सहमति जुटन सकेन । नेता नेपाल निकट श्रोतका अनुसार, माधव नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबामा फर्केर जाने हो भने पार्टी जोगिने बताएका थिए । तर ओलीले भने परिस्थिति निकै अघि बढेकोले त्यो बिन्दुमा पुग्न नसकिने जवाफ दिएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको आक्रोश थियो । ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’

दुई घण्टा लामो छलफलमा गुनासो र आफू मात्रै सहीको मनोविज्ञान ओलीको रहेको नेता नेपालले बताएका छन् । ओलीले अहिले देखिएको संकट टार्नका लागि लचिलो बनेको टिप्पणी समेत माधव नेपाल निकट नेताहरुले गरेका छन् ।ओलीलाई भेटेर फर्किएपछि निकटस्थहरूसँग नेपालले ओलीको भनाइमा आफूलाई कुनै विश्वास नभएको बताएका छन् ।

प्रदेशहरुमा माधव नेपाल पक्षले फ्र क्रस गरिरहेको र केन्द्रमा पनि कांग्रेसले अविश्वास प्रस्ताव ल्याउने अवस्थामा त्यही अवस्था दोहोरिने आँकलन गरेर ओली लचिलो बनेको नेपाल पक्षका नेताहरुको ठहर छ । ओलीले यसअघि पनि बारम्बार प्रतिबद्धता व्यक्त गर्ने तर बलियो अवस्थामा पुगेपछि पेलेर जाने प्रवृत्ति देखाएकोले अहिलेको भेटवार्ता पनि त्यही रणनीति अन्तर्गत हुनसक्ने उनीहरुको बुझाई देखिन्छ । सम्भवतः ओलीले सरकारको नीति तथा कार्यक्रम सहजतापूर्वक पारित गर्नका लागि यो रणनीति अपनाएको अनुमान गरेका छन् ।

माधव पक्षीय नेताहरुले भने पार्टी एकता पूर्वका अवस्थामा कमिटिहरु ब्यूँताएर मात्रै एकता जोगिने बताउँदै आएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: