Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

सुदुरपश्चिम प्रदेशमा नेपाल पक्षले बनायो समानान्तर कमिटि, कोको आए जिल्लाको नेतृत्वमा ?

। सुदूरपश्चिममा भीम रावलले नेकपा एमालेको समानान्तर किमटी घोषणा गरेका छन् । खनाल र नेपाल पक्षको मंगलबार सकिएको प्रदेशस्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो ।

खनाल-नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण रहेको समितिको पूर्णता भनेका छन् । कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे ।

प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा अपुरो रहेका पदमा जिम्मेवारी तोक्दै बाँकी रहे जिल्ला कमिटीले नै तोक्न सक्ने गरी बैठकमा निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेमा ७१ जनाको प्रदेश कमिटी थियो।

एकतापछि तत्कालीन नेकपा हुँदा प्रदेशमा १८२ सदस्यीय कमिटी बनेको थियो। खनाल–नेपाल पक्षको एमालेका प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बैठकले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने गरेको बताए।

एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ। रावल तत्कालीन एमाले हुँदा र पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी हुँदा पनि सुदूरपश्चिम इन्चार्ज थिए।

पछिल्लो समय अध्यक्ष ओलीले रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ ।

तोकिएका जिल्ला अध्यक्ष

कैलाली- दीर्घ सोडारी
कञ्चनपुर- तारा लामा तामाङ
डोटी- चक्रबहादुर मल्ल
डडेल्धुरा- तारा जोशी
बैतडी- महादेव भट्ट
अछाम- शेरबहादुर कुँवर
बझाङ- दिलबहादुर सिंह
बाजुरा- गगन रावल
दार्चुला- तोक्न बाँकी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending