काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएको भन्दै माधव नेपाल समूहले शक्ति सञ्चयको रणनीति अघि सारेको छ ।
ओली पक्षले नेपालसहित ४ अन्य स्थायी समितिलाई निलम्बन गरेपछि नेपाल समूह झनै आक्रामक रणनीतिमा लागेको हो ।
नेपाल समूहको एक केन्द्रीय सदस्यका अनुसार, ओली समूहले पेल्दै गएपछि देशव्यापीरुपमा समानान्तर संगठन बनाउने निर्णयमा नेपाल समूह पुगेको हो ।
कतिपय जिल्लामा अहिले पनि माधव पक्षका अध्यक्ष रहेकोमा तिनीहरुलाई निरन्तरता दिने र नभएका स्थानमा बेग्लै कमिटि बनाउने उनीहरुले तयारी गरेका छन् । यसैगरी प्रदेश र केन्द्रको संरचना समेत समानान्तर बनाउने काम शुरु भएको उनले बताए ।
युवा तथा विद्यार्थीलगायतका अन्य जनवर्गीय संगठनमा पनि नेपाल समूहले समानान्तर अभ्यास शुरु गरिसकेको छ ।
देशैभरी विधानसम्मत रहेका सबै कमिटिहरुको समानान्तर संरचना बनाएसँगै सबै तहमा कार्यालय स्थापना गर्ने रणनीति नेपाल समूहको छ । नेता नेपालले आफुहरुले कार्यालय खोजिरहेको कुरा सार्वजनिकरुपमा नै व्यक्त गरिसकेका छन् ।
सबै तहमा समानान्तर कमिटी र कार्यालय स्थापना भएपछि केन्द्रीय नेतृत्वका लागि भने सम्भवतः विधान अनुरुप मिल्ने गरी राष्ट्रिय भेलामार्फत अघि बढ्ने तयारी रहेको एक स्थायी कमिटि सदस्यले बताए । त्यो अवस्थामा फेरी माधव नेपाल समानान्तर अध्यक्ष बन्न सक्ने देखिन्छ ।
नेपाल समूहले आफ्नो समूहलाई एकढिक्का बनाएसँगै माओवादी केन्द्र र अन्य वाम दलहरुसँग एकताका लागि समेत तयारी शुरु गरेको छ । एकताका लागि विगतमा जस्तो एकतापछि विचारको संश्लेषणको रणनीतिमा नजाने बरु एकताका लागि वैचारिक आधार तयार पार्न प्रतिवेदन नै तयार गरेर अन्य पक्षसँग विचारमा एकता खोज्ने तयारीमा माधव नेपाल रहेको छ।
यसका लागि नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले तयारी गरिरहेको बताइएको छ । वैचारिक प्रतिवेदन तयार भएपछि त्यसलाई देशैभरी बहस र छलफलमा लैजाने तथा अन्य वाम घटकहरुसँग समेत त्यसकै आधारमा बहस र छलफल चलाएर एकताको आधार तयार पार्ने रणनीति नेपाल समूहको छ ।
नेकपा माओवादी केन्द्रसँग खासै वैचारिक मतभिन्नता नरहेको नेपाल समूहको निष्कर्श छ । तर माओवादी केन्द्रबाहेक रणनीतिक संयुक्त मोर्चासँग सम्बद्ध वैद्य समूहलगायतका अन्य दलसँग समेत नेपाल पक्षले आन्तरिक संवाद अघि बढाइसकेको जानकारी ती नेताले दिएका छन् ।
सम्भवतः एक महिनाभित्र वैचारिक प्रष्टतासहित नेपाल समूहको स्पष्ट संगठन देशैभरी तयार हुने उनले जानकारी दिए ।
अविश्वासको प्रस्ताव आएको अवस्थामा पार्टी ह्विप मान्ने या नमान्ने विषयमा भने नेपाल समूहले निर्णय गरिसकेको छैन ।
बोलायो स्थायी कमिटी
यसैगरी नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा शुक्रबार स्थायी कमिटी बैठक बेलाइएको हो ।
एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका छन् ।
बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय हुनेछ । अध्यक्ष ओलीले एकलौटी निर्णय गर्न थालेपछि उक्त समूहले समानान्तर गतिविधि सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: