Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

ओलीलाई हटाइन्छ, नयाँ सरकार बन्छ –यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता समावेशितामाथि नै ग्रहण लाग्ने हो कि आभास हुन थालेको बताएका छन्। मंगलबार रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष यादवले प्रादेशिक कानून नबनाइनु र बनेको कानून पनि कार्यान्वयनमा नआउनुले संघीय गणतन्त्र नै धरापमा पर्ने चिन्ता बढेको जिकिर गरे।

‘संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाइने तपाईंकै मन्त्रिपरिषदले गरेको निर्णय हेर्दा दुःख लागेको थियो,’ उनले भने, ‘संघीयता धरापमा पर्ने हो कि आशंका हुन थालेको छ।’ गाडी ठोक्किएर कता लडेको छ बुझ्न कठिन भइरहेको बताउँदै यादवले संघीय गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रिय एकतामाथि जोड दिए। यादवले सरकारमा गएपछि प्राप्त उपलब्‍धीलाई जोगाउन नसकिएको पनि बताए।

‘मुलुकमा ट्रेडिसन नै बसेको छ,’ उनले भने, ‘आन्दोलन हामी गर्छौं। परिवर्तन पनि ल्याउँछौं। परिवर्तनपछि सरकारमा पनि जान्छौं। तर, त्यहाँदेखि के नपचेको हो। त्यसलाई जोगाउन सक्दैनौं।’ कम्‍युनिष्‍ट सरकार बन्दा जनताले ठूलो आसा गरेका भए पनि अपेक्षाकृत काम हुन नसकेको उनले बताए।

‘जनताले ठूलो आसा गरेका थिए। हामीले साथ दिँदा दुई तिहाइ बढी पुगेको थियो। विकास र समृद्धितर्फ अगाडि बढ्छ। विभिन्न सवालको समाधान हुन्छ। संविधान परिमार्जन भएर अगाडि बढ्छ र समृद्धि हुन्छ। अब नेपालीले धेरै दुःख गर्नुनपर्ला कि भन्ने थियो। बडा दुर्भाग्यको कुरा हो। अहिले आएर गाडी कता पल्टिएको छ। को कता ठोक्किए कोही लडेका छन्।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: