Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

काठमाडौंमा झनै बढ्यो तुँवालो, स्वास्थ्य समस्या हुनसक्ने चेतावानी –केके हुन्छन् समस्या ?

काठमाडौं । काठमाडौंको आकाशमा तुँवालो झनै बढेको छ । विगत तीन दिनदेखि काठमाडौंमा प्रदुषण उच्च बनेको हो ।

पलुसन सूचकांकमा काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदुषित शहरका रुपमा देखिएको हो ।

राजधानीको आकाश खुलेको छैन । घाम लाग्न सकेको छैन । बाहिर निस्किँदा आँखा पोल्ने समस्या देखिएको कतिपयले बताएका छन् ।

छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ।

त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको उनले बताए।

डा. ढकालले भने, “यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। तर श्वासप्रश्वाससम्बन्धी रोगीलाई त यसले निकै गाह्रो पार्न सक्छ।”

स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने ढकालले बताए।

उनका भनाइमा वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा विस्तार हुने क्रम पनि धेरै हुने भएकाले भाइरल सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्छ।

“यसले फोक्सोका दीर्घरोगीलाई त निकै गाह्रो बनाउँछ नै, दमलगायतका रोग भएका मानिसहरूले पनि विशेष सतर्कता अपनाउनुपर्छ,” उनले भने।

आँखामा कस्तो असर?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जकी उपप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाका अनुसार अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ।

उनका भनाइमा आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ।

अल्पकालीन प्रभावबारे उनले भनिन्, “अहिलेको वायुमा कार्बन मनक्साइड , नाइट्रस अक्साइड आदि (हानिकारक ग्यास) को मात्रा छ। त्यसले गर्दा ‘अक्युलर सर्फेस डिस्अडर’ अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्छ।”

“त्यस्तै ‘ड्राई आई सिन्ड्रोम’ अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन्।”

प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वा ब्याक्टेरिया प्रवेश गरेमा सङ्क्रमण हुने जोखिम बढेको उनले बताइन्।

त्यस्तै यस्तो प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्ने उनको भनाइ छ।

उनका अनुसार वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुन्छ।

फोक्सो र आँखा जोगाउन के गर्ने?

अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन्।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुने डा. ढकालको धारणा छ।

सबैभन्दा बढी प्रदूषण बिहान ५ बजेदेखि ८ बजेसम्म हुने भएकाले सो अवधिमा प्रातः भ्रमणमा पनि ननिस्कन उनी श्वासप्रश्वासका रोगीलाई सुझाव दिन्छन्।

फोक्सोका रोगीहरूले मास्क लगाएर पनि बाहिर जाँदा सुरक्षित नहुने उनको भनाइछ।

उनका अनुसार बजारमा सजिलै पाइने कतिपय मास्कको गुणस्तर राम्रो नभएकाले अहिलेको जस्तो प्रदूषणबाट जोगिन त्यति सजिलो छैन।

घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न र धूमपान नगर्न ढकाल आग्रह गर्छन्।

डा. सिटौलाका अनुसार आँखालाई बचाउनका लागि फोक्सो बचाउन मास्क लगाए जस्तै चस्मा वा सनग्लास लगाउनु उपयुक्त हुन्छ।

यस्तो प्रदूषणका बेला ‘कन्ट्याक्ट लेन्स’ लगाउनेहरूलाई नलगाउन उनी सुझाव दिन्छिन्।

त्यसले आँखालाई थप सुक्खा बनाउने र घाउ हुनसक्ने खतरा बढ्ने उनले औँल्याइलिन्।

त्यस्तै कुनै प्रिजर्भटिभ नभएको नक्कली आँसु प्रयोग गर्ने र दिनमा दुईदेखि तीन पटकसम्म सफा चिसो पानीले आँखा सफा गर्नु उपयुक्त हुने उनको सुझाव छ।

तर धेरै पटक पानीले आँखा धोइरहनु प्रत्युत्पादक हुनसक्ने उनी बताउँछिन्।

त्यस्तै आँखा नमिच्ने र हात सफा गरिरहनु गर्नुपर्ने तथा सङ्क्रमण भएमा चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुपर्ने उनले बताइन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies