Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्पपिडितका लागि उठाइएको करोडौं रकम दुरुपयोग गर्दै ल्यारकाल लामा

\"lyarkal-lama\"१० साउन, काठमाडौं । एमाओवादीबाट समानुपातिक तर्फका विवादीत सभाषद ल्यारकाल लामा पछिल्लोपटक भूकम्प पिडितका लागि उठेको सहयोग रकम दूरुपयोग गरिरहेके तथ्य भेटिएको छ । नक्कली राहदानि तथा दूइवटा नागरिकता विवादमा मुछिएका लामाको बारेमा खबरडबलीले उनले गर्ने गरेको मानवतस्करीको केहीदिन अघि मात्रै केही तथ्य सार्वजनिक गरेको थियो । बदमासी र मानवीय आचरण विवरित काम गरी विवादीत लामा आजकाल भूकम्प पिडितका लागि सहयोग उठाएर मस्तीमा झुम्ने गरेको खुलासा भएको छ । स्रोतका अनुसार लामाले गए बैशाख १२ गते आएको महाभूकम्पपिडितका नाममा सिन्धुपल्चोकका लागि भन्दै करोडौ रकम संकलन गरेका छन् । तर उक्त रकम कति संकलन भयो भन्ने कुराको जानकारी उनले कतैपनि गराएका छैनन् । विभिन्न बुद्धिष्ट संस्थाहरुमार्फत लामाले करौंडौ रकम उठाएको उनका नजिककाहरु बताउँछन् । भूकम्पको समयमा उनका साथमै रहेका उनका सहयोगीहरुका अनुसार लामाले दैनिकजसो विदेशी संस्थाहरुसँग सहयोगबारे कुरा गर्थे र उनको बैंक खाताहरु टीपाउँथे तर उनले त्यसरी संकलन भएको रकम कतै सहयोग गरिएको पाइएको छैन । सिन्धुपाल्चोकको क्षेत्र नं. ३ को हेलम्बुको एउटा गाउँमा प्रत्येक घरधुरी ५ हजारका दरले उनले केही रकम बितरण गरेपनि संकलन भएको करौंडौ रकम उनले मस्तिमा उडाउने गरेको स्रोत बताउँछ । बुढानिलकण्ठ आफ्नै निवासमा बस्ने गरेका लामा भूकम्पले घर भत्काएको भन्दै अहिले काठमाडौंका विभिन्न होटलमा नयाँनयाँ महिलाहरुका साथ बस्दै आएका छन् । स्रोतका अनुसार भूकम्प पिडितका नाममा संकलन भएको रकमबाट उनले आफ्ना लागि हालसालै करिब करोड रुपैया पर्ने नयाँ गाडी र्याभ फो किनेका छन् । नयाँ नयाँ महिलाका साथमा देखिने लामा स्त्रिका मामिलामा झन स्त्रिलम्पड मानिन्छन् । उनको भार्मिक आस्था र उनले भन्ने गरेको धार्मिक पदियता मुताबिक उनलाई बिबाहा गर्ने अधिकार समेत राख्दैनन् । उनले बाहिर समाजमा अविवाहित रहेको बताएपनि स्रोतका अनुसार उनि दूई छोराको बाउ हुन् । अमेरिकामा रहेकी उनकी अवैध पत्निका साथमा ति दुई छोराहरुको पालनपोषणको व्यावस्थासमेत लामाले गर्दै आएका छन् । ल्यारक्याल लामाले आफ्नो धार्मिक नाम खेन्पो छिमे रिन्पोछे लेख्दै आएका छन् । बौद्ध धर्ममा खेन्पो भनेको पीएचडी डक्टरेट सरहको उपाधी हो । ल्यारक्याल यो उपाधी सन् १९९९ मा पाएको दावी गर्दै आएका छन् । उनका अनुसार बौद्ध धर्मगुरु पेनोर रिन्पोछे र पेमा नोर्बु रिन्पोछेबाट उनले खेम्पोको उपाधी पाएका थिए । तर ल्यारक्याल लामाले खेन्पोको उपाधी पाउनुभन्दा अगाडि नै उनले आफ्नो नामका अगाडि खेन्पो लेख्न थालिसकेका थिए । ह्योल्मो क्षेत्रमा पुगेर उनले ह्योल्मो जातिको पहिलो खेन्पो भनेर ह्योल्मो समुदायबाट सम्मान पनि थाप्न भ्याए, जतिबेला उनलाई खेन्पोको उपाधी नै मिलेको थिएन । यिनै झुठका सरदार ल्यारक्याल लामाले अहिले आफ्नो नामका पछाडि रिन्पोछे लेख्दै आएका छन् । जबकी उनले अहिलेसम्म रिन्पोछको उपाधी नै पाएका छ्रैनन् । उनको आधिकारिक वेभसाइटमा पनि उनले रिन्पोछेको उपाधी कहिले र कहांबाट पाए भन्ने कुरा कतै उल्लेख गरिएको छैन । रिन्पोछे बौद्ध धर्मका गुरुहरुले पाउने उच्च पद हो । धार्मिक मान्यताअनुसार यि गुरुहरुलाई स्त्रि राख्ने या विवाहा गर्ने छुट हुँदैन । लामा यहि मान्यताका आधारमा विवाहा गर्न नपाएपनि अवैध श्रीमतिहरुका एक्ला श्रीमान हुन् । भूकम्पपिडितका लागि राहत संकलन गर्ने क्रममा एक फरेन महिला र लामाको नाममा एक विदेशी बैंकमा सयूंक्त खातासमेत खोलिएको स्रोत बताउँछ । स्रोतका अनुसार ति महिलासँग लामाको अवैध सम्बन्ध छ । ति महिला अरु कसैकी पत्नि हुन् । उनले बुद्धिष्ठहरुको बिचमा रहेर अन्तराष्ट्रिय संजालमा लामाका लागि काम गर्ने गर्दछिन् । लामाले नयाँ धन्दा पनि हालसालै सुरु गरेका छन् । विश्व बुद्धिष्ट केन्द्रका नाममा बुढानिलकण्ठभन्दा केही माथि उनले करिब हजार रोपनी हाराहारीको क्षेत्रफलमा आलिशान केन्द्र बनाउँदैछन् । त्यो अहिले निर्माणको क्रममा छ । उनी त्यसकेन्द्रबाट आफ्नो घृणित हरकत जारी राख्ने योजनामा समेत छन् । जुन केन्द्र निर्माणका लागिसमेत लामाले करोडौं रकम अन्तराष्ट्रिय बुद्धिष्ट संस्थाहरुबाट सहयोग लिएका छन् । आर्थिक रुपमा निकै भ्रष्ट र लोभी रहेका लामा पछिल्लोपटक सरकार गठनको कुरा उठेसँगै हिजो एमाले कालमा जस्तै मन्त्री हुने ध्याउन्नमा छन् । एक माओवादी स्रोतका अनुसार लामाले भूकम्पपिडितका नाममा उठाएको रकम मन्त्रीपद किन्नका लागि दुरुपयोग हुनसक्छ । लामाले सरकार गठन भएसँगै आफु मन्त्री बन्ने भन्दै आफ्ना नजिककाहरुलाई बताउन थालेका छन् । लामाको यस्तो हर्कतकाबारेमा उनलाई सभाषद बनाउने एमाओवादी र सरकारले उनको गतिविधिबारे ध्यान दिएको छ छैन कुन्नि ? यो पनि पढ्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending