Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कति जनामा स्वाइनफ्लू भेटियो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन

काठमाडौँ,  भारतमा माहामारिका रूपमा फैलिरहेकाे स्वाइनफ्लु नेपालमा हालसम्म कतिजनामा देखियो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म सार्वजनिक गरेको छैैन ।

स्वाइनफ्लूको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हुन्छ । “हामीकहाँ परीक्षण गर्न आएकामध्ये कति जनामा स्वाइनफ्लूको सङ्क्रमण देखियो भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ र सार्वजनिक गर्ने तयारीमा छौँ”–प्रयोगशालाका निर्देशक डा गीता शाक्यले भनिन् ।

उनले स्वाइनफ्लू सिजनल फ्लू भएकाले नआत्तिन र तथ्याङ्कलाई जथाभावी रुपमा प्रस्तुत नगर्न आग्रह गरिन । हालसम्म नमुना परीक्षणका लागि प्रयोगशालामा आएका दुई एवम् पोखरा, चितवनबाट परीक्षणका लागि आएका तीन गरी पाँचजनामा सो फ्लूको सङ्क्रमण भएको पुष्टि भएको निर्देशक शाक्यले जानकारी दिइन् । उनका अनुसार यो तथ्याङ्कपछि पनि सो फ्लू परीक्षणका लागि प्रयोगशालामा नमुना आइरहेका छन् ।

भारतमा स्वाइनफ्लूका कारण हालसम्म ८०० जनाको मृत्यु भइसकेको छ भने हजाराैँ सो फ्लूबाट सङ्क्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालबाट आवतजावत हुने भारतीय सीमा क्षेत्रका मुख्य नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको जनाएको छ । इबोला भाइरस भित्रिन नदिन अपनाइएको संयन्त्रलाई नै मन्त्रालयले स्वाइनफ्लू नियन्त्रणका लागि परिचालन गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेतीले भारतीय सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाउन सुरु गरिएको र अस्पतालमा छुट्टै कोठा, चिकित्सक एवम् औषधिको प्रबन्ध मिलाइएको जानकारी दिएका छन् ।

हालसम्म वीरगन्ज, महेन्द्रनगर, विराटनगर, झापाका सीमा क्षेत्रमा डेस्क स्थापना गरिएको छ । उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने तथा कहिलेकाहीँ पखालासमेत लाग्नेजस्ता स्वाइनफ्लुका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण गराउन मन्त्रालयले आग्रहसमेत गरेको छ ।

खोक्दा, हाच्छिउँ गर्दा नाकमुख छोप्ने, हिँड्डुल गर्दा मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने तथा सङ्क्रमित व्यक्तिबाट टाढै बस्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् । महानिर्देशक डा उप्रेतीले स्वाइनफ्लुका लागि टाइमफ्लु नामक औषधि एथेष्ट मात्रामा जगेडामा रहेको जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending