Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सबै प्रदेशमा भण्डारण केन्द्रको नीति अनुसार पोखरामा यस्तो बन्यो पेट्रोलियम भण्डारण !

पोखरा । पोखरामा नेपाल आयल निगमको पहिलो प्रादेशिक भण्डारण केन्द्रको शिलान्यास गरिएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त भण्डारणको शिलान्यास गरेका हुन्।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने घोषित नीतिअनुसार पहिलो परियोजनाको रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धिको रुपमा सुरु गरिएको हो। वि.सं. २०५८सालपछि निगमको आफनै लगानीमा पहिलो कामको रुपमा यो योजना अघि बढेको छ। गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ।

प्रदेशमा हरेका दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ। एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर बिक्रि भइरहेको छ।

पर्याप्त भण्डारण स्थल नहुँदा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा कठिनाइ भइरहेका बेला नेपाल आयल निगमले पोखरामा एक करोड लिटरको डिजेल भण्डारण स्थल निर्माण सुरु गरेको हो। निगमले ७७ करोड ७७ लाख रूपैयाँ लगानीमा भण्डारण ट्यांक निर्माण सुरु गरेको छ ।

पोखरामा अहिले पेट्रोल भण्डारण क्षमता तीन सय ५० किलोलिटर रहेको छ । १० हजार किलोलिटरको डिजेल भण्डारण स्थल निर्माण सम्पन्न भएपछि अहिलेको २२ सय ८० किलोलिटरका ट्यांकलाई पेट्रोल भण्डारण गर्ने गरी कन्भर्जिङ गर्ने निगमको योजना छ । निगमसँग अहिले डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन भण्डारण क्षमता ७१ हजार ६ सय ७४ किलोलिटर मात्र रहेको छ । सरकारले निगमलाई तीन महिनालाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निर्देशन दिए पनि मुुलुकभर भण्डारण क्षमता कमजोर छ।

निगमले चालु आर्थिक वर्षमा इन्धन भण्डारण पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्ति सुनिश्चित गर्नका लागि अन्य ठाउँमा पनि भण्डारण स्थल निर्माण गर्ने तयारी रहेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। अहिले डिपो भएका स्थान क्षमता विस्तारसँगै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।

इन्धन भण्डारण टयाङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्णस्वचालित हुने निगमले जनाएको छ। डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिामा आधारित हुने छ। डिपोमा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिनेछ।

आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिने छ। कुनै पनि कारणले डिपोमा आगोलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा बनाइने छ।आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तोकिएको समयअगावै आयोजना सम्पन्न हुने बताइएको छ।

निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। प्रादेशिक डिपोबाट हाल दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ। यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ। गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टिलेल ७६० किलोलिटर रहेको छ।

सत्तरी प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरणको प्रयोग गरिने छ।दुई वर्षभित्रै निर्माण सम्पन्न हुने उक्त भण्डारण गृह निर्माणका लागि आयोजनाको ठेक्का समानान्तर-रेलिगेयर-भारत ट्याङ्क्स जेभीले पाएको छ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending