काठमाडौं । पार्टीको विधि र पद्धति मान्नुको साटो प्रचण्ड र माधव नेपालसँग बदला लिन नेपाली कांग्रेससँग मिलेर भए पनि सत्ता टिकाउने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको रणनीति नेपाली कांग्रेसका युवा नेताहरूको दबाबका कारण तुहिएको खुलासा भएको छ ।
स्थायी समिति र सचिवालयमा अल्पमतमा परेपछि ओलीले संसदीय दलमा बहुमत पुर्याउने किसिमले अध्यादेश ल्याउने र त्यसपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने प्रस्ताव सभापति शेरबहादुर देउवा सामु राखेको खुलासा भएको छ । नेपाली कांग्रेसका एकजना शीर्ष नेताका अनुसार, उक्त प्रस्तावमा देउवाले समेत सहमति जनाएका थिए ।
सहमतिअनुसार, प्रचण्ड र माधव नेपालले पेल्दै जाने अवस्थामा ओलीले अध्यादेशमार्फत विधेयक ल्याउने र संसदीयल दलमा आफ्नो दल सुरक्षित राखेर अघि बढ्ने रणनीति बनाएका थिए । संसदीय दलमा हालको प्रवाधान परिवर्तन गरेर नयाँ दलको मान्यता पाउन सफल हुने अवस्थामा सरकार समेत निरन्तरता दिने गरि उनले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन देउवासँग दोश्रो र तेश्रो तहका नेतामार्फत छलफल गर्न लगाएका थिए ।
नेपाली कांग्रेसमा देउवा निकट नेताहरुसँग लामो छलफल भएपछि अन्तिम सहमतिका लागि ओलीले देउवालाई भेटेका थिए । उक्त भेटमा देउवाले पार्टी फुटेको अवस्थामा सरकारलाई समर्थन गर्न नेपाली कांग्रेस तयार भएको सहमति समेत गरेका थिए ।
‘सभापतिले सहमति गरेर आउनु भएछ, हामी भने अचम्ममा पर्यौं’, नेपाली कांग्रेसका एक शीर्ष नेताले भने, ‘कम्युनिष्ट फुट्दा खुसी हुनु त स्वभाविकै थियो, तर ओलीको सरकारलाई हामीले समर्थन गर्नुपर्ने कुरा सुनेपछि हामी सशंकित बन्यौं ।’
नेपाली कांग्रेसभित्र मिनेन्द्र रिजाललगायतका नेताहरूले ओलीको लोकप्रियता खस्किंदै गएको र सरकारको चौतर्फी आलोचना भएको बेला कांग्रेसले समर्थन गर्नु आत्महत्या गरे सरह हुने तर्क गर्दै देउवाको कदमको विरोध गरेका थिए ।
‘देउवाले ओलीसँग मिलेर एमसिसी पारित गर्न सकिन्छ, यो भन्दा राम्रो अवसर अरू हुन्न भनेर कन्भिन्स गर्न खोज्नुभयो’, ती नेताले भने, ‘तर हामीले एमसिसी पारित गर्ने नाममा झन बदनाम हुने कि प्रचण्ड पक्षसँग संवाद गर्ने ? भनेर दबाब दिएपछि देउवा पछि हटे ।’ त्यसपछि कांग्रेसका एक समूहले प्रचण्डसँग समेत छलफल गरेको ती नेताले बताए ।
प्रचण्डले भने पार्टी नफुटने र तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने कुनै धारणा नभएको बताएका थिए । प्रचण्डले पार्टी एकताका लागि हदैसम्मको कोशिस गर्ने तर ओलीले पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको खण्डमा कांग्रेससँग शर्तसहित अघि बढन सकिने बताएका थिए ।
‘तर एमसिसी पास गर्ने विषयमा भने वहाँको अडान कायम देखिन्थ्यो’, ती नेताले भने, ‘हामीले हेर्दा पनि ओली भन्दा प्रचण्ड नै उपयुक्त हुन्छ लाग्यो । एमसिसीमा फेरी छलफल गर्न सकिने ठाउँ बाँकी नै भएकोले ओलीलाई समर्थन गर्न नसकिने सन्देश दिन सभापति देउवालाई कन्भिन्स गर्न सकियो ।’
नेपाली कांग्रेसले साथ दिन नसक्ने स्पष्ट संकेत दिएपछि प्रधानमन्त्री केपी ओली पछाडि हटेको उनको दाबी छ । कांग्रेसले शुरुको प्रस्तावमा समर्थन जनाएको भए अहिलेसम्म नेकपा फुटि छाडने उनको दावी थियो । ‘आमरुपमा ओली आलोचित छन् । उनका हरेक अभिव्यक्ति विवादास्पद छन, यो अवस्थामा उनलाई समर्थन गर्नु आम जनमतविरुद्ध जानु हुन्थ्यो,’ ती नेताले भने, ‘कतिपय बेला सत्ता प्रधान हुने भएपनि भविष्य दाउमा लगाएर सरकारमा जानु बुद्धिमानी काम हुने नदेखेर हामीले ओलीसँग मिलेर सरकार बनाउनु हुन्न भनेर दबाब दिएका थियौं । अन्ततः हामी सफल भयौं । तर नेकपा भने हाम्रो प्रयासले जोगियो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: